sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देवकी अन्तर्राष्ट्रिय जुडो कोचिङमा सहभागी

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १७:१३
देवकी अन्तर्राष्ट्रिय जुडो कोचिङमा सहभागी

काठमाडौँ, कात्तिक २२ गते । जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भई बुधबार स्वदेश फर्कनु भएको छ ।

जापानको हरतसुगासी कानागावास्थित टोकाइ विश्वविद्यालयमा एक महिना भएको सेमिनारमा देवकीले सहभागिता जनाउनु भएको हो ।

सेमिनार एनपीओ जुडोसले आयोजना गरेको सो सेमिनारका केही कक्षा जापान कोदोकानमा पनि भएको थियो ।

जुडोको कोचिङलगायत विविध शिक्षा हासिल गर्ने क्रममा देवकीले जापानको विभिन्न डोजो, जुनियर हाइ स्कुल, सिनियर हाइ स्कुल, कलेज, विश्वविद्यालयमा प्रशिक्षण गर्ने अवसर पाउनु भएको थियो ।

देवकीलाई एनपीओ जुडोसका मुख्य प्रशिक्षक मिसुमोटोलगायतले प्रशिक्षण दिनुभएको थियो । गैरनाफामूलक संस्था एनपीओ जुडोसका अध्यक्ष ओलम्पिकका स्वर्ण विजेता कोसेईं इनोइ हुनुहुन्छ ।

नेपाल जुडो संघका सदस्यसमेत रहेका बन्दी सहायता नियोग (पाम) का जुडो प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठले यस्तो सेमिनारमा नेपालबाट जुडोमा सहभागी हुने देवकी पहिलो खेलाडी भएको जनाउनुभयो ।

देवकी पाममै सात वर्षको उमेरदेखि हुर्कनु भएको हो । त्यहीँबाट देवकीले सन् २००९ देखि जुडो खेल्न थाल्नुभयो ।

देवकी हाल पाममा सहायक प्रशिक्षक हुनुहुन्छ । देवकीले हालै चीनको होङजाउमा भएको १९ औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गर्नुभएको थियो ।

देवकीका दाइ इन्द्र र निशा पनि आ आफ्नो तौलसमूहका जुडोकै राष्ट्रिय च्याम्पियन हुनुहुन्छ । देवकीले सेमिनारबाट आफूले महत्वपूर्ण ज्ञान हासिल गरेको बताउँदै आफूले सिकेको सिप अरुलाई पनि सिकाएर व्यवहारमा लागू गर्ने बताउनुभयो ।

देवकीले सेमिनारमा सहभागिताको अवसर प्रदान गरेकोमा नेपाल जुडो संघलाई धन्यवाद दिँदै एनपीओ जुडोसको पनि प्रशंसा गर्दै आभार व्यक्त गर्नुभयो ।

प्रशिक्षक सूर्यनारायणले देवकीले हासिल गरेको ज्ञानबाट नेपाली जुडोलाई धेरै फाइदा पुग्ने बताउँदै यस्ता तालिममा नेपालको सहभागिता नियमित हुन सके नेपाली जुडोको विकासमा समेत टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १७:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid