sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

झापाको महारानीझोडा सानाकिसान महिला सहकारीले बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १४:५२
झापाको महारानीझोडा सानाकिसान महिला सहकारीले बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै

झापा । गौरादह नगरपालिका–५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीको घुइँचो लागेको हो ।

बजारमा सयपत्री फूलको एउटा मालाको मूल्य रु एक सय भए पनि सहकारीले रु ७० मै बिक्री गरिरहेको छ । गौरादह, गौरीगञ्ज, कमल र दमकबाट पनि फूल खरिदका लागि ग्राहक आउने गरेको सहकारीकी अध्यक्ष मीना ढकालले बताउनुभयो । बजार मूल्यभन्दा सस्तोमा बेच्दा स्थानीय उपभोक्तालाई लाभ पुग्ने र संस्थालाई पनि घाटा नहुने हुँदा सस्तो मूल्य निर्धारण गरिएको उहाँले बताउनुभयो । सहकारीले पाँच कठ्ठा जग्गामा सयपत्री फूलखेती गरेको थियो ।

सहकारीले मुनाफाका लागि आउने बिचौलियालाई यसपाली तिहारमा फूल नबेच्ने र स्थानीय वरपरका पालिकाका उपभोक्तालाई सिधैँ बिक्री गर्ने नीति लिएको थियो। उपभोक्ता महँगोमा नपरुन् भनेर बिचौलियालाई फूल नबेचेको अध्यक्ष ढकालको जिकिर थियोे । भारतबाट तिहारका लागि आउने फूल निरुत्साहित गर्न सहकारीले फूलखेती गरेको र आफ्ना सदस्यलाई पनि सयपत्री फूलमा आत्मनिर्भर बन्न प्रोत्साहित गरिरहेको जनाएको छ ।

“सहकारीले उपभोक्तालाई सहुलियत मूल्यमा फूल र यसबाट बनेको माला बेच्नुपर्छ भन्ने हाम्रो मान्यता हो,” अध्यक्ष ढकालले भन्नुभयो–“त्यसैअनुसार हामीले बजारभन्दा सस्तो मूल्य निर्धारण गरेका छौंँ ।”

पहिलो पटक परीक्षणका लागि सयपत्री फूलको खेती गरे पनि अर्को वर्ष खेती विस्तार गरेर जिल्लाभर पुग्ने माला उत्पादन गर्ने सोच बनाएको उहाँको भनाइ थियो । संस्थाका प्राविधिक मनोज भट्टराईका अनुसार सहकारीले लक्ष्मीपूजा र भाइटिकाका लागि दुई सय मालाको फूल अग्रिम अर्डरसमेत लिइसकेको छ ।

सहकारीको फूलबारीमा ठूला आकारका एकै दरका थुँगा सयपत्री फूलेका छन् । सहकारीले प्रति थुँगाको मूल्य रु दुई तोकेको छ । यहाँको सयपत्री फूलखेतीमा फोटो खिचाउनसमेत स्थानीय युवायुवती आउने गरेका छन् ।

झापामा तिहार र छठ पर्वमा धेरै मात्रामा सयपत्री फूल खपत हुने गरेको छ । सयपत्री फूलको खेतीमा बजारको समस्या नमएको उहाँको भनाइ थियो ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid