May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

भारतमा भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अलर्ट सिस्टम’ शुरु

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:0६
भारतमा भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अलर्ट सिस्टम’ शुरु

भारत ।

सर्च इञ्जिन गुगलले भारतमा भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टम’ शुरु गरेको छ । यो प्रणालीले भूकम्पको कम्पन पत्ता लगाउनेछ र एन्ड्रोइड स्मार्टफोनमा भूकम्प आउनुअघि नै चेतावनी दिनेछ । यसका साथै भूकम्पको तीव्रता र केन्द्रका बारेमा पनि जानकारी दिनेछ ।

गुगलले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण र राष्ट्रिय भूकम्प मापन केन्द्रको सहकार्यमा यो चेतावनी दिने प्रणाली ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो प्रणालीले केही हप्तामा पूर्णरुपमा काम गर्न थाल्ने खबरमा उल्लेख छ ।

गुगलको यो प्रणालीले एन्ड्रोइड स्मार्टफोनमा रहेको एक्सेलेरोमिटरको सहयोगमा काम गर्छ । जसले भाइब्रेसनमा मिनी सिस्मोमिटर अर्थात् कम्पन नाप्ने मेसिनले जस्तै काम गर्छ । गम्भीर झट्का आउनुभन्दा केही सेकेन्ड पहिला नै अलर्ट फोनमा आइपुग्नेछ । यसले भूकम्पबाट हुने क्षति र जोखिमलाई केही घटाउने विश्वास गरिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।