May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

अन्र्तराष्ट्रिय विमानस्थलमा चाप बढ्दै 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १७:0८
अन्र्तराष्ट्रिय विमानस्थलमा चाप बढ्दै 
  • त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा चाप बढ्दै 
  • समय हवाईमार्ग हुँदै यात्रा गर्ने यात्रु बढे
  • १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै

काठमाडौं ।।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल (टीआईए) मा उडान – अवतरण चाप बढेको छ । दसैँयता अन्तर्राष्ट्रिय उडान – अवतरण दैनिक औसतमा एक सय उडान भइरहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार, आन्तरिकतिर दैनिक औसतमा २७५ देखि २८० उडान -अवतवरण हुन्छन् । रोजगारी वा अध्ययनका लागि विदेशमा गएका नेपालीहरु दसैँ, तिहार, छठ लगायतका पर्व मनाउन फर्किने र पर्यटकीय सिजनका कारण उडान संख्या बढेको प्रवक्ता झा बताउँछन् ।

उडानका संख्या बढेसँगै एयर ट्राफिकमा पनि चाप बढेको छ । जसले गर्दा केहिलेकाहीँ उडान-अवतरणमा ‘डिले’ हुने प्रवक्ता झाले बताए । यसवर्ष अन्तर्राष्ट्रिय र आन्तरिक गरी दुवैतिर उडान संख्याले रेकर्ड तोडेको छ । यसअघि सिजनको समयमा अन्तर्राष्ट्रियतिर औसतमा ८०-८५ र आन्तरिकतिर २३० – २४० उडान-अवतरण हुने गरेको थियो । पछिल्लो समय हवाईमार्ग हुँदै यात्रा गर्ने यात्रु बढेका छन् ।

पहिलेका २० सिटे क्षमताका जहाज थिए । तर, पछिल्लो समय ७२ सिटे जहाजहरुले उडान भरिरहेका छन् ।  “पहिले १८, २० सिटे जहाज हुन्थ्ये । धेरैजसो ७२ सिटे जहाज छन् । फ्लाइट संख्या कम हुँदा पनि यात्रुको संख्या बढेको छ,” प्रवक्ता झाले भने, “त्यहीमाथि फ्लाइट संख्यामा पनि उल्लेखनीय वृद्धि हुँदा हवाई मार्ग हुँदै यात्रा गर्ने यात्रुको संख्या बढेको छ । ” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३१ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका छन् । आन्तरिकतिर १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आइरहेका छन् ।

 

 

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १७:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।