April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत

घरमा आगो लाग्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १२:११
घरमा आगो लाग्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

झापा । झापाको बुद्धशान्ति– ३ को सिमाना नजिक अर्जुनधारा– १० मा आगलागी हुँदा श्रीमतीको जलेर मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

गएराति ८:४० बजेको समयमा अर्जुनधारा १० बस्ने शिवकुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट उनकी श्रीमती ७५ वर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमा नै मृत्यु भएको हो । त्यस्तै ७३ वर्षीय शिवकुमार राईसमेत जलेर घाइते भएका छन् । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । दुवै खुट्टा पिल्सिएका राईलाई बीएण्डसीमा सामान्य उपचार गरी शनिश्चरे अस्पताल शनिश्चरेमा रेफर गरिएको छ ।

आगलागीबाट अन्नपात, कुखुरा र घर पूर्ण रुपमा जलेर नष्ट हुँदा ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा राति ९।४५ बजे निभाइएको थियो । त्यस टहरामा राई दम्पती बसेका थिए । आगलागीको कारण थाहा हुन नसकेको डीएसपी रिजालले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट