May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

आज धनतेरस : नयाँ गाडी र मोटरसाइकल किन्नका लागी यसकारण छ महत्वपूर्ण

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १५:२४
आज धनतेरस : नयाँ गाडी र मोटरसाइकल किन्नका लागी यसकारण छ महत्वपूर्ण

आज धनतेरस । धनतेरसलाई वर्षकै अत्यन्तै शुभ योगका रुपमा लिइन्छ । यस दिन धनी देखि लिएर गरिब परिवारका मानिसले आफ्नो गच्छे अनुसार घरमा प्रयोग हुने सामान किनमेल गर्ने परम्परा रहिआएको छ । सक्नेले सुन, चाँदि, इलेक्ट्रोनिक आइटम र गाडी किन्ने गर्छन भने सामान्य परिवारका मानिसले आफूले सके अनुसारको भाडा तथा कपडा किन्ने परम्परा रहेको छ ।

यस दिन आफ्नो राशिअनुसार सामान किनमेल गरि घरमा लगेर सही दिशामा राख्न सकियो भने महालक्ष्मीको आशिर्वाद मिल्ने ज्योतिषहरुले बताउने गरेका छन् । हिन्दु धर्मावलम्बीले आस्था र विस्वासका साथ सकेअनुसारको सरसामान किन्ने परम्परा रहिआएको छ ।

किनेको सामान घरमा लगेर सहि दिशामा राखियो भने वर्ष भरिनै यसको प्रयोगबाट शुभ फल प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ । यसो गर्नाले शुभ समयमा घरभित्र ल्याइएको वस्तुमा लक्ष्मीको शुभ आशिर्वाद समेत रहने विश्वास छ ।

तिहारको छेको पारेर मनाइने यो पर्व विशेष महत्वको रहेको छ । व्यवसायीहरुका लागि पनि यो दिन विशेष महत्वको हुन्छ । यहि दिनलाई लक्षित गरी विभिन्न अटोमोबाइल कम्पनीहरुले नगद छुटको योजना समेत ल्याएका छन् ।

यही दिनलाई लक्षित गरेर व्यवसायीहरूले सामान मौज्दातसमेत राख्ने गरेका हुन्छन् । यो दिन पसल सजाएर आकर्षक बनाइन्छ । कतै सयपत्री फूलले त कतै झिलिमिली विद्युतीय बत्ती राखेर तिहार आएको झल्को दिलाइन्छ । दसैं तिहारको अवसरमा सार्वजनिक गरिएको स्किमका साथ ग्राहकलाई सवारी साधन उपलब्ध गराउने र सजाएर राखिएको सोरुमलाई झनै आकर्षक बनाउने गरिन्छ ।

त्यसैगरी पहिले नै बुकिङ गरेका गाडी यो दिन डेलिभरी लिने समेत गरिन्छ । नयाँ ग्राहकले यो दिन नगदमै गाडी खरिद गर्ने प्रचलन समेत बढ्दो छ । दसैंको फूलपाती, धनतेरस र तिहारको लक्ष्मी पूजाको दिन विशेष गरी सवारी साधन बढी बिक्री हुने दिन मानिन्छ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १५:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।