काठमाडौं ।।
सरकारले एसियाली विकास बैंकबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने १० करोड अमेरिकी डलर (१३ अर्ब २६ करोड रुपैयाँ बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यस्तो निर्णय गरिएको जानकारी दिइन् । त्यस्तै, सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय पनि गरेको छ । नेपाल र कतारबीचको युवा तथा खेलकुद सम्बन्धी समझदारी पत्र स्वीकृत गरिएको शर्माले बताइन् ।