July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

‘यस्तै गतिविधि रहिरहने हो भने अब बैंक सञ्चालन गर्न सक्दैनौं ।’ : अध्यक्ष गोल्यान

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १६:३४
‘यस्तै गतिविधि रहिरहने हो भने अब बैंक सञ्चालन गर्न सक्दैनौं ।’ : अध्यक्ष गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमाथिको निरन्तरको प्रहारमा समेत सरकार मौन रहनुमा आश्चर्य बनाएको छ ।
लिएको ऋण नतिर्नेमात्र होइन, अरुलाई समेत नतिर्न सार्वजनिक आह्वान गर्दै हिँड्ने अराजक गतिविधिलाई समेत सरकारले सुनेको नसुन्यै गरिरहेको छ । यसका विरुद्ध बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन), नेपाल बैंकर्स संघ (एनबीए), विकास बैंक संघ लगायतका वित्तीय संघ-संगठनहरु सरकारसँग रुष्ट भएका छन् ।

हाकाहाकी बैंक तथा वित्तीय संस्थाहरुका विरुद्ध गलत गतिविधि तथा अभिव्यक्ति दिँदै हिँड्ने, अझ बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि नै भौतिक आक्रमणमा उत्रिँदासमेत सरकारले मौनता साँधेको बैंकर्सहरुको आरोप छ ।

‘देशको बैंकिङ क्षेत्रमाथि नै आक्रमण हुनु अत्यन्त निन्दनीय गतिविधि हो । यस्तो अराजक गतिविधिविरुद्ध परिसंघले पटक पटक सरकारको ध्यानाकर्षण गरिरहेको छ,’ बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) का अध्यक्ष समेत रहेका एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानले भने, ‘यस्तै गतिविधि रहिरहने हो भने अब बैंक सञ्चालन गर्न सक्दैनौं ।’

केही दिन अघिमात्र प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्री समेतलाई भेटेर यसबारे ध्यानाकर्षण गराएको परिसंघले यस्तो गतिविधि दोहोरिए बैंक नै बन्द गर्ने चेतावनी दिएको बताए ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १६:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्