sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशी प्रदेशमा दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घट्यो

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० 0९:५८
कोशी प्रदेशमा दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घट्यो

विराटनगर। कोशी प्रदेशका निजी डेरी उद्योगले दूधको उपभोक्ता मूल्य घटाउने निर्णय गरेका छन्।डेरी उद्योगले फ्याटयुक्त भएको दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घटाउने निर्णय गरेका हुन्।उत्पादन अनुसार बजार नपाएपछि दूध तथा दूधबाट बनेका सबै वस्तुको मूल्य घटाउने निर्णय गरेका हुन्।

कोशी प्रदेश डेरी उद्योग संघको बिहीबार बसेको बैठकले दूधको मूल्य घटाउने निर्णय गरेको हो।कोशी प्रदेशमा दूधको अधिक उत्पादन भएका कारण केही महिनायता किसानहरुले मिल्क होली डेको सामना गर्दै आएका छन्।डेरी उद्योगहरुले मिल्क होली डे को अवस्था आउन नदिन अधिकतम प्रयत्न गरेको भए पनि उत्पादन अनुसार दूधको बिक्री बढाउन नसक्दा उपभोक्ता मूल्य घटाउने निर्णय गरेका हुन्।

दूधको मूल्य घटेसँगै दूधबाट बनेको वस्तुको मूल्य पनि घट्ने भएकोले संघले विभिन्न वस्तुको मूल्य घटाएर निर्धारण गरेको छ। कोशी प्रदेशका ठूला विभिन्न ८ वटा डेरी उद्योगहरु आवद्ध संघको बैठक बसेको थियो।उक्त बैठकले किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गर्न भन्दै दूधको मूल्य घटाउने निर्णय गरेको थियो।घटेको नयाँ मूल्य कात्तिक २६ गते आइतबारबाट लागु गर्ने संघले जनाएको छ।

घटाएको मूल्य अनुसार अब उपभोक्ताले स्ट्याण्डर दूध आधा लिटरको पाउच ४५ रुपियाँमा पाउनेछन्।लो फ्याट मिल्क आधा लिटरको ३५, दही २०० मिलिलिटरको ३५, आधा लिटरको दही ८०, एक लिटर दहीको १५०, पनिरको प्रतिकेजी ७८० र नौनी घ्यू प्रतिकेजी ८०० रुपियाँमा पाउने भएका छन्।

आइतबारदेखि नयाँ मूल्य अनुसार वस्तु बिक्री गर्ने रितिका डेरी उद्योग प्रालिका संचालक योगेन्द्र चिमरियाले जानकारी दिनुभयो।कोशी प्रदेशमा दूधको उत्पादन बढेपछि दूध व्यवसायीहरुले नयाँ बजारको रुपमा बंगलादेश निर्यातको सम्भावना खोजी गरिरहेका छन्।तर, अहिलेसम्म बंगलादेश निर्यातको टुंगो लाग्न भने नसकेको उद्योगीहरुले जानकारी दिए।

कोशी प्रदेशमा अहिलेको सिजनमा उत्पादन भएको दूध मध्ये एक लाख ५० हजार लिटर दूध औपचारिक क्षेत्रबाट बजारमा आउने गरेको थियो।तर, अहिले औपचारिक क्षेत्रमा झण्डै दुई लाख ५० हजार लिटर भन्दा बढी दूध संकलन भइरहेको डेरी उद्योगहरु बताउँछन्।कोशी प्रदेशमा दूध उत्पादन वृद्धि गर्न प्रदेश सरकारले प्रतिलिटर दुई रुपियाँको दरले नगद अनुदान दिने नीति लिएका कारण पनि उत्पादन बढेको व्यवसायीकले बताउनुभयो।

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० 0९:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid