May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

तिहारले बजारमा चहलपहल

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० ११:३२
तिहारले बजारमा चहलपहल
  • तिहार लागेसँगै बजारमा चहलपहल बढ्यो 
  • किसमिस, ल्वाङ, मखनलगायतको मूल्य स्थिर
  • असोजसम्म एक अर्ब १४ करोडको सामग्री आयात

काठमाडौं ।।

तिहार लागेसँगै बजारमा चहलपहल बढेको छ । बजारमा तिहारका लागि आवश्यक सामाग्री किन्नको लागि उपभोक्ताहरुको भीड देख्न सकिन्छ । यो वर्षको तिहारमा विगतको तुलनामा काजु, बदाम, पेस्ता, नरिवल लगायतका मसलाको मूल्य घटेको छ । गतवर्ष प्रतिकिलो १७ सय रुपैयाँ पर्ने काजु यो वर्ष १५ सयमा झरेको छ भने १३ सय रुपैयाँ पर्ने बदाम १२ सयमा बिक्री भइरहेको छ । किसमिस, ल्वाङ, मखनलगायतको मूल्य भने स्थिर रहेको छ । चालु आर्थिक वर्षको असोजसम्म एक अर्ब १४ करोडको सामग्री आयात भएको छ । यो वर्ष तिहारमा प्रयोग हुने भाई मसलाको आयात पनि घटेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १४ करोड ६६ लाख ५९ हजार रुपैयाँ बराबरको ८० लाख ९० हजार ४०२ केजी मसला आयात भएको छ । गत वर्ष सो अवधिमा एक अर्ब ५२ करोड २७ लाख ५३ हजार रुपैयाँ बराबरको ९५ लाख ६० हजार ४२२ केजी मसला आयात भएको थियो । मुलुकमा उत्पादन नहुँदा स्थानीय माग पूरा गर्न व्यवसायीले विभिन्न देशबाट मसला आयात गर्ने गरेका छन् । यस वर्ष मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण व्यवसायीसँग पर्याप्त पैसा नहुँदा तिहारमा प्रयोग हुने मसलाको आयातमा कमी भएको बताएको छन् । भाइमसला तिहारमा बढी खपत हुने गर्छ । तिहारमा दिदिबहिनीले दाजुभाइलाई खुवाउन उपहारका रूपमा अनिवार्य रूपमा दिने भएकाले पनि तिहारमा यसको खपत बढी हुन्छ ।

 

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।