April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

बुद्ध एअरबाट पहिलो पटक यात्रुले आफ्नो हक खोसे

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० ११:३३
बुद्ध एअरबाट पहिलो पटक यात्रुले आफ्नो हक खोसे

उडान रद्ध हुनु विमान कम्पनीको दोष हो,हामीले किन सास्ती खेप्नु भन्ने तर्कसहित खाने,बस्ने व्यवस्थाको माग राखेर बुद्ध एअरका ४० जना यात्रुले हिजो साँझ काठमाडौं विमानस्थलमा घण्टौं नाराबाजी गरेका छन् । दिउँसो साढे २ बजेको भरतपुर उडान अबेरसम्म नभएको र रात परेपछि उडान रद्ध गरेको जानकारी दिँदै तिमीहरू आ-आफ्नो घर या डेरा जाओ भनेर विमान कम्पनी गैरजिम्मेवार बनेपछि उनीहरु नाराबाजीमा उत्रेको बताइन्छ ।

भरतपुर जान विमानमा चढेपछि साँझ ओरालिएका यात्रुले विमानस्थलमा नाराबाजी गर्दै खाने र बस्ने व्यवस्था मिलाउन माग गरेका हुन् । दिउँसो २ः२० बजे उड्नुपर्ने बुद्धको उडानलाई ट्राफिक होल्डका कारण ४ः१० बजे बोर्डिङ गराइएको थियो । भरतपुर विमानस्थलले साँझ ५ बजेपछि विमान अवतरण गर्न नदिने नियम छ । सोहिअनुसार विमानमा चढिसकेका ४० जना यात्रुलाई साँझ ५ बजेपछि ओरालियो ।

भरतपुर जान दिउँसो १ बजेदेखि विमानस्थल पुगेको र विमानमा चढाइसकेपछि गन्तव्यसम्म जान नपाउँदा आफूहरुले साँझमा नाराबाजी गर्नुपरेको यात्रुको भनाई छ । विमानबाट झर्न नमानेपछि आफूहरुलाई प्रहरी र एअरलाइन्सका कर्मचारीले दबाब दिएर बस चढाई टर्मिनलको अराइभल अगाडि आइपुगेपछि झोला बोकेर घर जान निर्देशन दिएको प्रतिक्रियास्वरुप खानेबस्ने व्यवस्थाको माग गरिएको उनीहरुको दाबी छ ।

“बुद्धले उनीहरुलाई होटलमा राखेर खानपिनको समेत व्यवस्था गरेपछि अन्ततः अब आन्तरिक उडानमा पनि यस्तो अवस्थामा यात्रुलाई होटल र खानाको व्यवस्था गर्नैपर्ने नजिर कायम भएको छ ।”

‘कि विमान उडाऊ अन्यथा,होटलमा खाने बस्ने प्रबन्ध गर’ भन्दै यात्रुहरु नाराबाजीमा उत्रेपछि साँझ साढे ७ बजे उनीहरुमध्ये १४ जनालाई मण्डला इन होटलमा लगेर राखियो । बाँकी २६ जनाले भने टिकट फिर्ता गरेर पैसा लिए ।

हिजोको घटनापछि विमान कम्पनीहरुको बदमासी छताछुल्ल भएको छ । विशेषगरी आन्तरिक उडानमा रहेका बुद्ध,यतिलगायत कम्पनीले यात्रुसँग कसेर भाडा लिने अनि उडान रध्द हुँदा अलपत्र पार्ने गरेका छन् । काठमाडौंबाट नयाँ दिल्लीसम्मको भाडा भन्दा धनगढीको भाडा निकै महँगो छ । तर, उडान रद्ध वा ढिलो भएमा यात्रुलाई अलपत्र पार्ने गरिन्छ ।

रात साँझको समयमा समेत यात्रुले गन्तव्यसम्म जान नपाएपछि महँगो होटल वा अन्यत्रको बास खोज्नुपर्ने,खाना खानुपर्ने बाध्यता आइलाग्छ । महँगो टिकट,त्यसमाथि महँगो बास र खानाले ढाड सेकिने गरेको छ । अर्कोतर्फ जरुरी काममा हिँडेकालाई त्यहाँ पनि अप्ठेरो पर्नु स्वाभाविक हो ।

हिजो पहिलो पटक बुद्ध एअरलाई यात्रुले यसरी बोर्डिङ भइसकेको अवस्थामा उडान हुन नसकेपछि आफ्नो खाने र बस्ने व्यवस्थाको निम्ति बाध्य पारेका हुन् । बुद्धले उनीहरुलाई होटलमा राखेर खानपिनको समेत व्यवस्था गरेपछि अन्ततः अब आन्तरिक उडानमा पनि यस्तो अवस्थामा यात्रुलाई होटल र खानाको व्यवस्था गर्नैपर्ने नजिर कायम भएको छ ।

यात्रुले महँगो भाडा तिर्नुपर्ने,कर्मचारीले सीमित सुविधा पाउने तर मालिक दिन दुई गुणा, रात चौगुणाले मोटाउने प्रवृत्तिमाथि हिजो ४० जना यात्रुले बुद्ध एअरलाई गतिलो झापड दिएका छन् । यसले अन्य आन्तरिक वायुसेवा कम्पनीलाई पनि यात्रुको सेवामा जिम्मेवार बन्न बाध्य बनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० ११:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।