sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दिपावली र छठ रौनक छुट्टै

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० १३:१७
दिपावली र छठ रौनक छुट्टै
  • मिथिला क्षेत्रमा दीपावली पर्वको रौनक
  • हिन्दू मैथिल परम्पराको यो पर्वमा अहिले चहल पहल बढ्दै 
  • राष्ट्रिय महत्वका यी चाडबाडको तयारीले  जिल्लामा उमङ्ग 

महोत्तरी

महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा दीपावली पर्वको रौनक छ । हिन्दू मैथिल परम्पराको यो पर्वमा अहिले चहल पहल बढेको छ । पाँच दिनको दिवाली (मैथिली बोलीचालीमा दीयाबाती पनि भनिन्छ) मा लक्ष्मीपूजालाई मुख्य मानिन्छ । कात्तिक कृष्णपक्ष त्रयोदशी तिथिका दिन धनतेरस र आयुर्वेदका पिता भनिने धन्वन्तरी जयन्ती पनि मनाइन्छ  । यसैगरी यस पर्व (दिवाली) मा औँशीका दिन राति लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गोबर्धन पूजा र द्वितीयाका दिन भैयादूज पर्व मनाइन्छ । यी पाँचै दिन सिङ्गारिएका घरवरपर उज्याला बत्ती बालेर परिवेश नै उज्यालो बनाइन्छ । दिवालीलगत्तै कात्तिक शुक्ल चौथी (चतुर्थी) देखि सप्तमीसम्मको छठपर्व सँगैपरेकाले अहिले मिथिला क्षेत्र  दिवाली र छठमय बनेको छ ।

उज्यालो र सम्पन्नताको प्रतीक मानिने दिपावली एवं छठपर्वको तयारीले मिथिला अहिले उत्सव र भक्तिको लयमा देखिन्छ । राष्ट्रिय महत्वका यी चाडबाडको तयारीले  जिल्लामा उमङ्ग छाएको छ । अहिले दिपावलीमा धनधान्यकी देवी लक्ष्मीको महिमा वर्णित भजन गुञ्जिरहेका छन् । बस्ती–बस्तीमा आज साँझको लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन, रङरोगन गर्न  र वरपर सरसफाइका लागि सबै व्यस्त छन् । पर्वसँगै किसानलाई  खेतीपातीको चाँजो पनि मिलाउनु छ । पर्वकै बीच धान काट्ने, दाइँ गर्ने र थन्क्याउने चटाराले खेतीपातीदेखि सबै व्यावसायिक काम पनि अहिले पर्वकेन्द्रित बनेका छन् ।

दिवालीमा मिष्ठान्न परिकारसँगै खानामा दूधका परिकार (दूध, दही, घिउ) एवं आलु, कोभी, भाण्टा, लौका, केरा (काँचो) र परवलसहितको तरुवा/पकौडा बनाएर खाने/ख्वाइने गरिन्छ । सात्विक भोजन गरिने दिपावली र छठ दुवै आराधना र भक्तिका साथ मनाइने पर्वका लागि स्वागतद्वार बनाउन उखुका बोट र केराका थाम प्रयोग गरिन्छन् । यसबाहेक  छठमा उखुका लाँक्रा, अदुवा, बेसारका गानो र पातसहितको बोट, ज्यामिर र अन्य कन्दमूल प्रयोग गरिन्छ । छठताका यिनको माग र बिक्री राम्रो हुने भएपछि थोरै करेसाबारी हुने गरिब किसान पनि यी उत्पादनबाट नगद जोहो गर्दै पर्व मनाउने तयारीमा छन् । बस्ती-बस्तीमा सडक र ढल सरसफाइमा स्थानीय बासिन्दा आफैँ जुटेका छन् । कृष्णपक्षको रातमा पनि दिवाली पर्वको रमझम र बत्तीको प्रकाशले रात नै नपरेको भान हुन्छ ।

 

 

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० १३:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid