खाेटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ बुलागैरीका भीमबहादुर कट्वालको घर जलेको छ ।
लक्ष्मी पूजाको दिन हिजो मिटर बक्सबाट विद्युत् सर्ट भएर घरमा आगलागी भएको हो । आगलागीबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
मिटरबक्स नजिकै बलिरहेको बत्ती एक्कासी पड्किएर बिजुली सर्ट हुँदा तीन तले घर तथा घरमा भएका सामग्री जलेको छिमेकी गणेश कार्कीले जानकारी दिनुभयो ।
आगलागीबाट घर जलेपछि कट्वालको ७ जनाको परिवार विस्थापित भएको छ ।