April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

युवा संघले मोसो दलेपछि दुर्गा प्रसाईँ झन् आक्रोशित,सबै सम्पती सकेर भएपनि केपी ओली र महेश बस्नेतलाई नछाड्ने 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:0४
युवा संघले मोसो दलेपछि दुर्गा प्रसाईँ झन् आक्रोशित,सबै सम्पती सकेर भएपनि केपी ओली र महेश बस्नेतलाई नछाड्ने 

काठमाडौं ः मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सबै सम्पती आफ्नो सकेर भएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतलाई नछाड्ने चेतावनी दिएका छन्। हिजो झापामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली र बस्नेतलाई सो चेतावनी दिएका हुन्। हजारौँको संख्यामा उपस्थित भएका सर्वसाधारणलाई सम्बोधन आफुलाई मार्न सुटर समेत पठाइसकेको आरोप लगाएका छन्।
उनले भने,‘मैले बैकको रिन तिरेन भन्छन् कि,मैले पाँच समय करोड रिण लिदा ५ हजार करोडको सम्पती धितो राखेको छु। ति बिर्तामोडमा,तपाईहरु पुग्नुभएको छ त? बिर्तामोडमा ५ बिगा जग्गा र त्यत्रो बिल्डिङ भएको मान्छे । मैले तिर्न सकिन भने मेरो सम्पती लिलाम गरेर लैजाओस्।’ उनले बैकको रिण लिएपछि तिर्न नसकेपछि अभियन्ताका रुपमा उदाएको आरोप लाग्दै आएको छ। तर, उनले आफुले कसैको पनि रिण नलागेको स्पष्टिकण दिँदै आएका छन्। दुई साता अघि काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेका भातृ संगठनले उनलाई मोसो दलेपछि प्रसाई एमालेप्रति आक्रोशित बन्दै आएका छन्। उनले मंसिर ७ गते काठमाडौंमा हुने नागरिक बचाउँ अभियानका लागि यतिबेला तराईका विभिन्न जिल्लामा नागरिकलाई सम्बोधन गर्दै आएका छन्। हिजो मात्रै जनकपुरमा उनले भाषणा दिएका थिए।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० ११:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।