sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सोलुखुम्बुमा घरेलु फर्म दर्ता गर्नेको सङ्ख्या २५ प्रतिशतले घट्यो

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १२:२३
सोलुखुम्बुमा घरेलु फर्म दर्ता गर्नेको सङ्ख्या २५ प्रतिशतले घट्यो

सोलुखुम्बु – सोलुखुम्बुमा घरेलु फर्म दर्ता गर्नेको सङ्ख्या २५ प्रतिशतले घटेको छ । घरेलु फर्म दर्तामा २५ प्रतिशतले गिरावट आएको हो । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार गएको आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नयाँ फर्म दर्ता कार्यमा २५ दशमलव ६४ प्रतिशतले गिरावट आएको हो ।

आर्थिक वर्ष २०७९/०८० को पहिलो ३ महिनामा ७८ वटा उद्योग तथा वाणिज्य फर्म दर्ता भएको थियो भने चालु आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा ५८ वटा मात्रै फर्म दर्ता भएका छन् । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४४ वटा उद्योग र १४ वटा वाणिज्य फर्महरु दर्ता भएका छन् भने गएको वर्षको सोही अवधिमा ५८ उद्योग र २० वटा वाणिज्य फर्म दर्ता भएको कार्यालयका सूचना अधिकारी सुनिता राईले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको ३ महिनामा ६० वटा फर्म नवीकरण भएका छन् । अघिल्लो वर्ष पालिकाहरुले विभिन्न अनुदानका कार्यक्रमहरु अघि सारेकाले घरेलु उद्योग तथा वाणिज्य फर्म दर्ता हुने क्रम धेरै भएको थियो । तर, चालु आर्थिक वर्षमा विशेष अनुदानका कार्यक्रमहरु कम हुँदा फर्म दर्ता हुने क्रम घटेको हुन सक्ने कार्यालयको अनुमान छ ।

पछिल्लो समय युवाहरु विदेशिने क्रम बढेसँगै घरेलु उद्योग तथा वाणिज्य फर्महरु दर्ता हुने क्रममा गिरावट आएको कार्यालयका सूचना अधिकारी राईले बताउनुभयो । विभिन्न सेवा शुल्कबाट ३ महिनामा ५ लाख ३२ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid