June 10, 2025 | मङ्लबार, जेष्ठ २९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बियरको बोतलले प्रहार गर्दा २ जना घाइते

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १२:२८
बियरको बोतलले प्रहार गर्दा २ जना घाइते
  • बोतल प्रहारबाट दुई जना घाइते
  • हान्ने विजय प्रहरीको फन्दामा 
  • ४७ वर्षीय थामबहादुर राई घाइते

खोटाङ ।।

खोटाङमा मुंग्रो र बियरको बोतल प्रहारबाट दुई जना घाइते भएका छन् । मादक पदार्थ सेवन गरेका बराहपोखरी गाउँपालिका–४ फाक्टाङ मलबासेका २८ वर्षीय विजय राईले हिजो राति विवादका क्रममा कोदो कुट्ने मुंग्रोले टाउकोमा प्रहार गर्दा त्यही ठाउँका ३५ वर्षीय भुवन राई घाइते भएका छन् । मुंग्राले टाउकोमा लाग्दा घाइते भएका भुवनलाई उपचारका लागि राजविराजको छिन्नमस्ता अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक टीका बरालले जानकारी दिनुभयो। घाइतेलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि सिटी स्क्यानका लागि राजविराज लगिएको हो । घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

भुवनलाई मुंग्रोले हान्ने विजयलाई प्रहरी चौकी हुक्नाजोरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ । यस्तै खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका ३६ वर्षीय दिलाराम राईले  बियरको बोतलले टाउकोमा हान्दा त्यसै ठाउँका ४७ वर्षीय थामबहादुर राई घाइते भएका हुनुभएको छ । बियरको बोतलले लागेर घाइते हुनुभएका थामबहादुरलाई खोटाङबजारमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल उदयपुर लगिएको सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बरालले जानकारी दिनुभयो । बोतल प्रहार गर्ने दिलारामलाई प्रहरी चौकी वाप्लुखाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले कारबाहीका लागि नियन्त्रणमा लिएको छ । घाइते अवस्था सामान्य भएको बताइएको छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १२:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट