November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बालिबालिकालाई घुमाउँदा धेरै खर्च लाग्छ भन्ने नसोच्नुस्

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १३:२५
बालिबालिकालाई घुमाउँदा धेरै खर्च लाग्छ भन्ने नसोच्नुस्
  • बालिबालिकालाई घुमाउन लैजानु राम्रो
  • क्वालिटी टाइम‘ को महत्व बुझ्नु 
  • घरभित्रै सीमित गर्दा पार्ने असर 
  • बच्चालाई कहाँ-कहाँ घुमाउने ?

बालबालिकाहरू स्वभावैले चुलबुले, चकचके हुन्छन् । उनीहरू एकै ठाउँमा बसिरहन रुचाउँदैनन् । यो चञ्चले उमेरमा नयाँ नयाँ ठाउँमा घुम्न, थरीथरीका खानेकुरा खान, खेल्न, रमाइलो गर्न उनीहरुलाई औधी मन पर्छ । विकसित मुलुकमा जस्तो नेपालमा बालबालिकालाई नियमित रुपमा घुमाउन लैजाने चलन निकै कम छ ।

बिदामा पनि उनीहरुलाई घरमै राख्ने नेपाली समाजको आम चलन हो । अन्य मुलुकमा बिदाको दिन सन्तानसँगै अभिभावक पनि घुम्न जाने गर्छन् । नेपालमा घुम्न आउने विदेशी पर्यटकले बालबालिकासमेत सँगै लिएर आएको हामी देखिरहेकै हुन्छौं । हामीकहाँ बाहिर घुमाउन लैजाँदा धेरै पैसा खर्च हुने कारणले पनि यो चलन विकास नभएको हुन सक्छ।

बालिबालिका घरबाहिर घुमाउँदा धेरै खर्च लाग्छ ?

घरबाट बाहिर घुमाउन लैजाँदा बालबालिकालाई धेरै खर्च लाग्छ भन्ने होइन । बाहिर भन्नेबित्तिकै महंगो होटल वा रेस्टुरेन्टमा खाना खुवाउनुपर्छ, चर्को शुल्क लाग्ने पार्कमा नै घुमाउन लैजानुपर्छ भन्ने होइन । शुल्क नलाग्ने पार्क, आफ्नै घरवरिपरिका मन्दिर तथा छोटो दूरीको हाइकिङमा बच्चालाई लैजान सकिन्छ । हाइकिङ जाँदा पनि घरबाटै खाजा बनाएर लैजान सकिन्छ, यसले खर्च बचाउँछ ।

क्वालिटी टाइम

‘क्वालिटी टाइम’ बिताउनु भन्ने त हामीले सुनिरहेकै हुन्छौं । बालबालिकालाई घरबाहिर घुमाउनु लैजानु पनि क्वालिटी टाइम अन्तर्गतकै कार्य हो । बालबालिकालाई बाहिर घुमाउँदा उनीहरुले आफ्नो इच्छा, दृष्टिकोण, सोच, व्यवहार राम्रोसँग पहिचान गर्न सक्नेछन् । घरमा बस्दा भन्दा बाहिर घुम्दा देखिएका, भेटिएका कुराहरुको चासोले उनीहरुलाई थप सिक्ने मौका मिल्छ ।

घरभित्रै सीमित गर्दा के हुन्छ ?

बालबालिकालाई घरभित्र मात्रै सीमित राख्दा उनीहरुको बाहिरको वातावरणमा घुलमिल हुनै पाउँदैनन् । जसकारण उनीहरुको मस्तिष्क र स्मरण क्षमतामा पनि असर पर्छ । हुन त आजभोलि इन्टरनेटको पहुँच घरघरमा छ । तर इन्टरनेटमा हेरेर बाहिर दुनियाँ हेर्नु वा बुझ्नु भन्दा प्रत्यक्ष रुपमा साक्षात्कार गर्नु मानसिक र शारीरिक रुपमा फाइदाजनक हुन्छ । उनीहरुले व्यावहारिक शिक्षा, घरबाहिरको छुट्टै संसार बुझ्ने मौका पाउँछन् ।

ठाउँ अनुसार परिवेश, रहनसहन, खानपान, व्यवहार, सामाजिक अन्तरघुलन, बोलीवचन सिक्ने मौका पाउँछन् । जुन उनीहरुले जीवनभर याद गर्छन् । यसले पैसा तिरेर सिकाउन नसकेको व्यवहारिक भूमिका सिकाउँछ । जीवनमा आउने उतारचढावसँग सजिलै लड्न सक्ने क्षमता पनि विकास हुन्छ । घुमघामले उनीहरुको मनोबल बढाउन मद्दत गर्छ ।

कहाँ-कहाँ घुमाउने ?

बालबालिकालाई यस्तै ठाउँमा मात्रै घुमाउनुपर्छ भन्ने छैन र त्यसका लागि टाढा लैजानु पनि पर्दैन । घरदेखि नजिकको पार्क, मन्दिर, खेल मैदान, नजिकैका डाँडाकाँडा, नदी, तलाउ क्षेत्रमा घुमाउन लैजान सकिन्छ । कहिलेकाहीं उनीहरुलाई आधुनिक कुरा देखाउन सपिङ मल, सिनेमा हलमा लैजान सकिन्छ । उनीहरुका लागि घुम्न रुचि लाग्ने अर्को ठाउँ हो, बाल उद्यान । त्यहाँ खेल्न पाउँदा उनीहरु निकै रोमाञ्चित हुन्छन्।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १३:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्