July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

महामारीमा घरमै गर्न सकिन्छ अनुहारको हेरचाह, यस्ता छन् उपाय

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ ११:४६
महामारीमा घरमै गर्न सकिन्छ अनुहारको हेरचाह, यस्ता छन् उपाय
  • जोली राई

कोरोना भाइरसका कारण करिब ८ महिनादेखि मानिसहरु घरमै बसिरहेका छन्। लडकडाउन केही खुकुलो भए पनि उनीहरु बाहिर निकस्न हिच्किचाइरहेको अवस्था छ। नेपालमा लकडाउन खुकुलो भएपछि धेरैजसो पार्लर तथा सैलुनहरु अझै सञ्चालनमा आएका छैनन। खुलेका ठाउँमा पनि मानिसहरु जान डराइरहेको देखिन्छ।

कोरोना भाइरस अझै केही समय हामीमाझ रहन्छ भन्ने सबैलाई थाहा छ। यस्तो समयमा अझै केही समयमा घरमा बस्नुपर्ने समेत हुनसक्छ। घरमा बस्दा हाम्रो अनुहार ५० प्रतिशत जस्तो सुरक्षित नै हुन्छ। किनभने, बाहिरको धुलो, धुवाँबाट जोगिएको हुन्छ। अनुहार ५० प्रतिशत आफैं राम्रो भएकाले देखिन्छ भने ५० प्रतिशत हामीले केयर ग¥यौं भने थप राम्रो हुन्छ।

बाहिर जाँदा मात्र केयर गर्ने होइन। घरमा बस्दा पनि फेसवास नगर्ने, मोस्चराइजर नलगाउने, सन्सक्रिम नलगाउने, नगर्ने गरेको देखिन्छ। त्यस्तो गर्नु हुँदैन। हाम्रो अनुहार धुलोमैलोले मात्र फोहर हुने होइन। हाम्रो घरमा भएको लाइटबाट निस्केको प्रकाशले पनि असर गरिरहेको हुन्छ।

घरमा बस्दा पनि हामीले सुन्दरतालाई कायम राख्न यसको हेरचाह गर्न अल्छी गर्न हुँदैन। घरमै बस्ने त हो नि, किन अनुहारको केयर गर्नुप¥यो, किन सफाइ गर्नुप¥यो भनेर बस्दा अनुहारको चमक बिग्रन सक्छ।

पछिल्लो समय कतिपय पार्लर, सैलुनहरुले होम सर्भिस पनि सुरु गरेका छन्। हामीले पनि पार्लर आउन नचाहने तर घरमा सर्भिस लिन चाहने ग्राहकका लागि सबैखाले सेवा घरमै गएर पनि दिने गरेका छौँ। यो समयमा कोरोना भाइरसबाट बच्ने सबैखाले सुरक्षा हामीले अपनाएका हुन्छौं।

सबैलाई घरमा बोलाएर सेवा लिने अवस्था हुँदैन। आवश्यकता पनि नहुन सक्छ। तर पनि आफ्नो अनुहारको हेरचाह भने गर्नुपर्छ। घरमा आफैंले गर्दा पार्लरकै जस्तो नहुन सक्छ। तर पनि केयर गर्न छोड्नु हुदैँन।

घरमा बस्दा सामान्य केही उपाय गर्ने हो भने अनुहारको चमक र सुन्दरता कायम रहन्छ। हामीले घरमै अनुहारको हेरचाह कसरी गर्न सक्छौँ त?

१. सबैभन्दा पहिला त घरमा बस्दा पनि अनुहारमा सनक्रिम लगाउन बिर्सनु हुँदैन। बिहान उठेर मुख धोएपछि अनुहारमा मोस्चराइचर लगाएर सनक्रिम लगाउनुपर्छ।

२. मोस्चराइचर मात्र लगाएर अनुहार नछोड्नुहोस। मोस्चराइचर लगाउँदा अनुहार नरम भएको हुन्छ। त्यसमा सनक्रिम नलगाउँदा घामले डढेर कालो हुने, चाँडै चाउरी पर्ने निकै सम्भावना हुन्छ। बरु अनुहारमा केही नलगाउँदा चाउरी पर्ने कम सम्भावना हुन्छ भने मोस्चराइचर मात्र लगाएर छोड्दा अनुहारमा धेरै इफेक्ट आउने सम्भावना हुन्छ। बरु मोस्चराइजर लगाउँदा मोस्चराइचर भएको सनक्रिम लगाउन सकिन्छ।

३. एक हप्ता वा १५ दिनमा एक पटक अनुहार क्लिङजिङ गर्ने, स्क्रब गर्ने र फेस प्याक लगाउन पनि भुल्नु हुँदैन।

४. घरमा बस्दा सोझै अनुहारमा हावा पर्ने गरी झ्याल वा छतमा ठाउँमा बस्नु हुँदैन। हावा सोझै अनुहारमा पर्दा अनुहारको छाला सुक्खा हुने छिटै खराब हुने हुन्छ। हावाले अनुहारलाई सुख्खा बनाउँदा छिटो चाउरी पर्ने हुन्छ।

५. अनुसारमा पानी पर्ने गरी पनि झिज्नु हुँदैन। सोझै प्रेसर पर्ने गरी अनुहारमा पानी पर्दा अनुहारको तैलियपन जान्छ र अनुसार सुख्खा भई चाउरिन थाल्छ।

६. बेलुका पनि अनुहार सफा गर्न भुल्नु हुँदैन। अहिले घर फुर्सद हुने भएकाले टिकटक भिडियो बनाउनेको संख्या धेरै छ। टिकटक बनाउँदा गरेको मेकअप नपखाली सुत्दा अनुहारमा असर पर्छ। त्यसैले राति सुत्दा हरेक दिन अनुहार सफा गरेर छ भने नाइटक्रिम लगाएर, अाँखाको वरपर कालो दाग वा चाउरिपन छ भने आइक्रिमले मसाज गरेर सुत्नुपर्छ।

७. राति सुत्दा मोबाइल नचलाउनुहोस्। मोबाइलबाट निस्केको प्रकाशले अनुहारलाई एकदम छिटो असर पार्छ। त्यसैले ओछ्यानमा गएपछि मोबाइल हेर्नु हुँदैन।

८. आजकल विभिन्न ब्युटी ह्याक्स भनेर भिडियो आइरहेका छन्। ती ह्याक्स आफूले नजानी अन्दाजको भरमा अनुहारमा प्रयोग नगर्नुहोस्। त्यसले राम्रो हुन खोज्दा उल्टै नराम्रो बनाउन सक्छ।
-स्वास्थ्यखबर

 

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ ११:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्