काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।
आर्थिक वर्ष ०८०र८१ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।
“आजको बैठकमा अन्य एजेन्डा हुँदैन,” ती मन्त्रीले भने, “अर्थ मन्त्रालयले तयार पारेको राजस्व र व्ययको अनुमानसहितको विनियोजन विधेयक पारित गर्ने मात्र कार्यसूची मन्त्रिपरिषद्को छ ।”
मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा। प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ गर्नेछन् । त्यसपछि संसद्मा बजेट पेस गर्ने कार्यसूची रहेको ती मन्त्रीले जानकारी दिए ।