sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रेशम चौधरीको रिट न्यायाधीश रेग्मीको इजलासमा

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १२:४५
रेशम चौधरीको रिट न्यायाधीश रेग्मीको इजलासमा
  • कैलालीको टीकापुर घटनाका दोषी रेशम चौधरीलाई
  • माफी दिने निर्णयविरुद्धको रिट
  • शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा

काठमाडौं ।

कैलालीको टीकापुर घटनाका दोषी रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्धको रिट शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । उक्त रिट गएको कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । तिहार बिदापश्चात् अदालत खुलेपछि रिट न्यायाधीश रेग्मीको इजलासमा परेको हो । रिटमा कैलाली जिल्ला कारागार, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्था विभागसहितलाई विपक्षी बनाइएको छ । टीकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदाले गएको जेठ १६ गते रिट दायर गरेकी थिइन् ।

सोही जेठ १५ गते चौधरीलाई कैद माफी दिइएको थियो । उक्त रिटमा न्यायाधीश राउतको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । नेपालगन्जका चेतन मानन्धरको हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय सर्वोच्चले उल्ट्याएको थियो । त्यसपछि कात्तिक २१ गते पुनः चौधरीको कैद माफीविरुद्ध रिट दायर गरिएको थियो । कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलबाट टीकापुर हत्याकाण्डमा चौधरी दोषी ठहर भएका थिए । उनको पुनरवलोकन निवेदनमा सर्वोच्चले जेठ २ गते दोषी नै ठहर गरेको थियो । सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक नहुँदै सरकारले चौधरीलाई कैद माफी दिएको थियो । उनी जेठ १६ गते जेलमुक्त भएका थिए ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १२:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid