April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

रेशम चौधरीको रिट न्यायाधीश रेग्मीको इजलासमा

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १२:४५
रेशम चौधरीको रिट न्यायाधीश रेग्मीको इजलासमा
  • कैलालीको टीकापुर घटनाका दोषी रेशम चौधरीलाई
  • माफी दिने निर्णयविरुद्धको रिट
  • शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा

काठमाडौं ।

कैलालीको टीकापुर घटनाका दोषी रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्धको रिट शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । उक्त रिट गएको कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । तिहार बिदापश्चात् अदालत खुलेपछि रिट न्यायाधीश रेग्मीको इजलासमा परेको हो । रिटमा कैलाली जिल्ला कारागार, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्था विभागसहितलाई विपक्षी बनाइएको छ । टीकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदाले गएको जेठ १६ गते रिट दायर गरेकी थिइन् ।

सोही जेठ १५ गते चौधरीलाई कैद माफी दिइएको थियो । उक्त रिटमा न्यायाधीश राउतको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । नेपालगन्जका चेतन मानन्धरको हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय सर्वोच्चले उल्ट्याएको थियो । त्यसपछि कात्तिक २१ गते पुनः चौधरीको कैद माफीविरुद्ध रिट दायर गरिएको थियो । कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलबाट टीकापुर हत्याकाण्डमा चौधरी दोषी ठहर भएका थिए । उनको पुनरवलोकन निवेदनमा सर्वोच्चले जेठ २ गते दोषी नै ठहर गरेको थियो । सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक नहुँदै सरकारले चौधरीलाई कैद माफी दिएको थियो । उनी जेठ १६ गते जेलमुक्त भएका थिए ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १२:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।