May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दै

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १0:५९
विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

अहमदाबादस्थित विश्वकै सर्वाधिक एक लाख ३० हजार दर्शक क्षमता भएको नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ ।

यी दुई टिम २० वर्षपछि फेरि उपाधिका लागि आमनेसामने हुन लागेका हुन् । घरेलु टोली १२ वर्षपछि विश्वकप क्रिकेटको उपाधि उचाल्ने दाउमा छ भने पाँच पटकको च्याम्पियन अस्ट्रेलिया कीर्तिमान बनाउने लक्ष्यमा हुनेछ ।

सन् २००३ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भारतलाई एक सय १५ रनले पराजित गर्दै अस्ट्रेलियाले तेस्रोपटक ओडीआई विश्वकप च्याम्पियन बनेको थियो । आज भारतका लागि उक्त हारको बदला लिँदै उपाधि हात पार्ने अवसर हुनेछ । भारतले पछिल्लो पटक सन् २०१५ र अस्ट्रेलियाले २०१५ मा उपाधि जितेका थिए ।

जारी प्रतियोगितामा घरेलु टोली अपराजित छ भने अस्ट्रेलियाले सानदार पुनरागमन गर्दै फाइनलको यात्रा तय गरेको हो ।

प्याट कमिन्सको टोली अस्ट्रेलियाले बिहीबार राति लो स्कोरिङ सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित दर्ता गर्दै फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । अस्ट्रेलियाले २ सय १३ रनको लक्ष्य १६ बल बाँकी हुँदा सात विकेट गुमाएर पूरा गरेको थियो ।

भारतले न्युजिल्यान्डको चुनौती एक सय ६० रनले समाप्त गरेको थियो । सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग पराजित अस्ट्रेलियाले त्यसपछिका आठ खेलमा लगातार जित हात पार्दै फाइनल यात्रा तय गरेको हो । अस्ट्रेलिया पुनरागमनका लागि अब्बल मानिन्छ । तर म्याच विनरले भरिपूर्ण अपराजित भारतलाई हराउन सहज हुने छैन । यसै वर्ष भारतलाई नै हराएर अस्ट्रेलियाले टेस्ट च्याम्यिनसिपको उपाधि जितेको थियो ।

अस्ट्रेलियाले २७ वर्षयता खेलेका कुनै पनि आईसीसी प्रतियोगिताको फाइनल हारेको छैन । उसले अन्तिम पटक सन् १९९६ विश्वकपको फाइनलमा श्रीलंकासँग ७ विकेटको हार बेहोरेको थियो । त्यसयता उसले तीन एकदिवसीय विश्वकप, एक टी–२० आई विश्वकप, एक टेस्ट च्याम्यिनसिप र दुई च्यापियन्स ट्रफी जितेको छ । उसले एकदिवसीय विश्वपकमा हालसम्म खेलेका ७ मध्ये ५ फाइनल जितेको छ ।

भारतले सन् २०११ को विश्वकप जितेयता लगातार २ टेस्ट च्याम्यिनसिप फाइनल, टी–२० आई विश्वकप फाइनल र च्यापियन्स ट्रफीको फाइनलमा हार बेहोरेको छ । तर यो पटकको भारतीय टोली उच्च लयमा छ । कप्तान रोहित शर्मासँग विराट कोहली, श्रेयस ऐअर र केएल राहुल जस्ता र्फममा रहेका ब्याटर छन् । मोहम्द सामी, मोहम्मद सिराज र जसप्रित बुमराहले बलिङ सम्हाल्नेछन् । बिराटे उच्च रनकर्ताको सूचीको पहिलो स्थानमा छन । उनले ७ सय ११ रन बनाइसकेका छन् । सुरुवातका चार खेलमा बेन्चमा रहेका सामी २३ विकेटसहित शीर्ष स्थानमा छन् । रोहित र शुभमन गिलले पुरै विश्वकपमा पहिलो पावर प्लेमा विपक्षी बलरलाई हाबी हुन दिएका छैनन् ।

अर्कातर्फ कमिन्सको टोली हारको मुखबाट जित निकाल्न सिपालु छ । ग्लेन म्याक्सवेल, डेभिड वार्नर र ट्राभिस हेडको लय र भारतीय कण्डिसनमा एडम जाम्पाको स्पिनले क्षणभरमै खेलको नजिजामा फेरबदल ल्याउन सक्छ ।

एकदिवसीय विश्वकपमा भारतले अस्ट्रेलियाविरुद्ध १३ खेल खेलेको छ । जसमा अस्ट्रेलियाले ८ खेल जित्दा भारतले केवल ४ खेलमा जित हात पारेको छ । जारी विश्वकपमा अहमदाबादमै भारतले पाकिस्तान र अस्ट्रेलियाले इङल्यान्डलाई हराएका थिए ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट