sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बिहान चाँडै उठ्दा हुन्छन् अनेक लाभ

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० ११:३0
बिहान चाँडै उठ्दा हुन्छन् अनेक लाभ

राम्रो दिनचर्याको लागि बिहान चाँडै उठ्नु लाभदायक हुन्छ, तर हमीमध्ये धेरै आफ्नो व्यस्त जीवनशैलीको कारण विहान चाँडै उठ्न सक्दैनौं।

एक अध्ययनका अनुसार विहान चाँडै उठ्ने व्यक्तिको दिमाग ढिलो उठ्ने व्यक्तिको तुलनामा निकै तेज हुन्छ। आयुर्वेदको मान्यताअनुसार पनि विहान ४ देखि ६ बजेको बीच हाम्रो मस्तिष्कमा नकारात्मक विचारहरुको प्रवाह शून्य हुन्छ। त्यहि भएर उक्त समयलाई ब्रह्ममुहूर्त पनि भनिएको छ। यस समय चाँडै उठेर सूर्यको प्रकाश र ताजा हावाको स्पर्शले हाम्रो शरीरभित्र एक ऊर्जा उत्पन्न हुन्छ, जसले हाम्रो शारीरिक र मानसिक विकास हुनछ।

विहान चाँडै उठ्दा तनावलाई समेत माथ दिन सक्ने अध्ययनले देखाएको छ। विहान चाँडै उठ्दा एकाग्रता बढ्छ। विहानै उठ्ने व्यक्तिले आफ्नो काम चाँडै सकाएर दिनभरीको योजना सजिलै बनाउन सक्छन्। व्यक्ति आफ्नो कामप्रति उत्साहित हुन्छ र मानसिक स्वास्थ्यसमेत राम्रो हुन्छ। अध्ययनअनुसार विहानै उठ्दा मानसिक र शारीरिक थकानबाट समेत छुटकारा पाइन्छ।

यद्यपि विहान उठ्नुका साथै केही राम्रो बानीहरु बसाल्न सके यसको लाभ निकै बढी हुन्छ। जस्तै विहान नियमित रुपले योग र व्यायाम गर्दा मानसिक स्वास्थ्यको लागि सधैं लाभकारी हुन्छ। विहान चाँडै उठ्दा स्वस्थ ब्रेकफास्ट खाने पर्याप्त समय पाइन्छ, जसले हाम्रो शरिरलाई दिनभरी स्फुर्त राख्न सक्छ।

विहानै उठ्दा हाम्रो मस्तिष्कमा सकारात्मक विचारहरुको सञ्चार हुन्छ। एक शोधको अनुसार जो व्यक्ति सूर्योदयभन्दा पूर्व उठ्छन् उनी सधैं आफ्नो समस्याको सामाधानको लागि फरक दृष्टिकोण राख्छन्। यो सकारात्मक सोंचको कारण हुन्छ। विहान उठ्नाले मन सकारात्मक हुन्छ भने शरिर स्वस्थय र मन प्रशन्न रहन्छ।

यी क्रियाहरुले व्यक्तिको दैनिक जीवनलाई मात्रै नभएर व्यक्तित्वलाई समेत प्रभावकारी बनाउँछ। यसले हाम्रो विचारलाई सकारात्मक बनाउनुका साथै विहान चाँडै उठ्दा रोगहरुसँग लड्ने प्रतिरोधात्मक क्षमताको समेत विकास हुन्छ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० ११:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid