December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

झापाका विभिन्न स्थानमा मनाइने छठ पूजाका लागि ९३६ सुरक्षाकर्मी परिचालन

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १२:३१
झापाका विभिन्न स्थानमा मनाइने छठ पूजाका लागि ९३६ सुरक्षाकर्मी परिचालन

झापाका विभिन्न नदी तथा खोला किनार, पोखरीमा आज मनाइने छठ पूजाको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाको विभिन्न स्थानमा मनाइने छठ पूजाको लागि ५१० सशस्त्र, ३७१ नेपाल प्रहरी र ५५ जना ट्राफिक प्रहरी गरी ९३६ जना सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

सबैभन्दा बढी सुरक्षाकर्मी भद्रपुरस्थित सीमावर्ती मेची नदीमा परिचालन गरिने भएको छ । मेची नदीलाई लक्षित गरी १०५ जना सशस्त्र, ७५ जना नेपाल प्रहरी र ९ जना ट्राफिक प्रहरी खटाइँदैछ । त्यस्तै कनकाईको विरिङ नदीमा ५५ जना सशस्त्र, ३० जना नेपाल प्रहरी र १३ जना ट्राफिक प्रहरी खटाइँदैछ ।

निन्दा नदीमा ४९ जना सशस्त्र, ३० जना नेपाल प्रहरी र १० जना ट्राफिक प्रहरी खटाइँदैछ । त्यसैगरी दमकको रतुवा नदीमा ४० जना सशस्त्र, ५० जना नेपाल प्रहरी र १० जना ट्राफिक प्रहरी खटाइँदैछ । जिल्लाको ४९ स्थानमा छठ पूजा मनाएपनि मेची, निन्दा, विरिङ र रतुवा नदीको किनारमा भक्तजनहरुको बढी भीडभाड हुने भएकोले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । छठ पूजामा हुन सक्ने सम्भावित आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न विभिन्न स्थानमा प्रहरी बिट, पैदल गस्ती, मोबाइल गस्ती परिचालन गरिने उनले बताए ।

साथै राजमार्गहरुमा पनि प्रहरीको मोवाइल गस्ती टोली छुट्टै परिचालन गरिने उनको भनाई छ । छठ पूजा स्थलहरुमा हुने सवारीसाधनको जामलाई मध्यनजर गरी भद्रपुरको मेची पुल, रतुवा पुल, निन्दा पुल, कनकाईको विरिङ पुल, अर्जुनधाराको विरिङ पुललाई लक्षित गरी टाफिक प्रहरी खटाइएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले बताए ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।