May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ?

खोटाङमा एक घरमा आगलागी हुँदा १५ लाखको क्षति, १ बालिका घाइते

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:0५
खोटाङमा एक घरमा आगलागी हुँदा १५ लाखको क्षति, १ बालिका घाइते
  • कोइलाबाट आगाे सल्किँदा खाेटाङमा एक घर जल्यो 
  • भाग्न खाेज्दा १५ वर्षीया सरिता तामाङ घाइते
  • घरकै एउटा कोठामा राखेर चल्लालाई तातो दिने क्रममा आगो लाग्यो

खोटाङ ।।  

ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालेको कोइलाबाट आगाे सल्किँदा खाेटाङमा एक घर जलेकाे छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका किशोर दुमी राईको घरमा आगलागी भएकाे हाे।  घरमा आगाे लागेपछि भाग्न खाेज्दा उहाँकी भान्जी १५ वर्षीया सरिता तामाङ घाइते भएकी छन् । उनलाई उपचारका लागि काठमाण्डाै पठाइएकाे प्रहरीले जनाएकाे छ ।

आगलागीबाट तीन तले घरसँगै घरमा राखिएको दुई तोला सुन, चार तोला चाँदी, ब्रोइलर कुखुराको १५ वटा चल्ला, अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडालगायत जलेर नष्ट हुँदा झन्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयाे । घरकै एउटा कोठामा राखेर चल्लालाई तातो दिने क्रममा आगलागी शुरु भएको थियो । इलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरी नायब निरीक्षकको कमाण्डामा खटिएको प्रहरी र स्थानीयबासीले गएराति दुई आगाे निभाएका थिए ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट