रसुवा ।।
रसुवामा लाखौं मूल्य बराबरको अवैंध सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढीबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तोला सुनसहित प्रहरीले तीन जनालाई समातेको हो । पक्राउ पर्नेहरुमा आमाछोदिङ्मो गाउँपालिका-१ हाकु बस्ने ४४ वर्षीय सिने वाङ्दी तामाङ, सोही गाउँपालिका-५ चिलिमेका १६ वर्षीया किशोरी र सोही गाउँपालिका-४ का २३ वर्षीया लक्ष्मी तामाङ रहेकी छन् । चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई रसुवागढी नाकामा खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त सुन फेला परेको बताइएको छ ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।