April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले बढ्याे सेयर बजार दोहोरो अंकले घट्यो सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी एमाले र माओवादीले कोशीमा पेश गरे संकल्प प्रस्ताव सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी अशोक दर्जीलाई लिएर ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै मनकामना केबलकार भोलि बन्द हुने कोशीका मुख्यमन्त्री कार्की अल्पमतमा : ६० सांसद प्रतिपक्षमा बस्दा सत्तापक्षमा ३३ जनामात्रै मोरङमा भेला र प्रदर्शन गर्न रोक शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत ‘मनसरा’को ट्रेलर सार्वजनिक एन्फा उपाध्यक्ष दावा लामा छुटे एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार,आज शपथ स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही हुने धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद हत्याको आशंकामा युवतीको जलाइरहेको शव बरामद

अमेरिकी सहर न्युयोर्क पुगे राजेश हमाल

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० ११:५७
अमेरिकी सहर न्युयोर्क पुगे राजेश हमाल

काठमाडौं ।।

  • हमाल बुधबार अमेरिकी सहर न्युयोर्क पुगे
  • ‘सिग्नेचर पोज’ दिए
  • ‘सरप्राइज’ नामक छोटो फिल्मको प्रिमियरमा सहभागी हुन पुगेका हमाल
  • एक महिना त्यतै बस्नेछन्
  • हमालको रुचि राजनीतितिर बढी देखिन्छ

अभिनेता राजेश हमाल फिल्ममा कमब्याक हुन चाहिरहेका छन् तर परिस्थिति उनको साथमा छैन । उनको हातमा यतिबेला कुनै फिल्म पनि छैन । तर हमालको व्यस्तता अहिले सक्रिय फिल्मकर्मीभन्दा ज्यादा छ । विज्ञापन, समाजसेवा, कार्यक्रमसहित पारिवारिक कर्ममै उनको दौडधुप छ ।

उनी बुधबार अमेरिकी सहर न्युयोर्क पुगेका छन् । जहाँको स्ट्याचु अफ लिबर्टीबाट उनले आफ्नो चर्चित ‘सिग्नेचर पोज’ दिए । ओहायो राज्यमा आयोजना गरिएको ‘सरप्राइज’ नामक छोटो फिल्मको प्रिमियरमा सहभागी हुन पुगेका हमाल कम्तीमा एक महिना त्यतै बस्नेछन् । यसबीचमा सुगम पोखरेलको सांगीतिक टुरमा पनि उनी पुग्नेछन् ।

त्यसपछि बीचमा नेपाल फर्किएर पुनः साउन ६ मा टेक्सासमा हुने ११ औं नेफ्टा फिल्म अवार्डमा सहभागी हुन हमाल त्यता जाने कार्यक्रम छ । डायस्पोरामा उनको व्यस्तता निकै देखिएको छ । तर घरेलु फिल्ममा फर्किन उनलाई समयले साथ दिएको छैन । उनी यसका लागि ‘उचित’ समयको पर्खाइमा छन् । तर त्यो उचित समय कहिले आउँछ टुंगो छैन ।

हमालले फिल्म निर्देशन र निर्माणमा फर्किने भनेको झण्डै एक दशक हुन लागिसक्यो । तर उनका लागि ‘उचित’ समय कहिल्यै आएन । फ्यान पनि हमाललाई पुनः फिल्ममा हेर्न चाहिरहेका छन् । बरु पछिल्लो समय हमालको रुचि राजनीतितिर बढी देखिन्छ । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलले चुनावमा उम्मेदवारका लागि प्रस्ताव गरेको चर्चा पनि चलेको थियो ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।