May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

ठमेललाई ‘फ्री भेइकल जोन’ बनाएर २४ सै घण्टा खुलाउने

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १५:५६
ठमेललाई ‘फ्री भेइकल जोन’ बनाएर २४ सै घण्टा खुलाउने
  • पर्यटकीय क्षेत्र ठमेल चौबिसै घण्टा खुलाउने तयारी
  • व्यवसायीलाई मर्का नपर्ने गरी कसरी सञ्चालन गर्ने
  • एउटा समिति गठन गरेर आचारसंहिता बनाउने 

काठमाडौं ।।

पर्यटकीय क्षेत्र ठमेल चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ । ठमेल चौबिसै घण्टा खुलाउने गरी ‘व्यवसायी आचारसंहिता’ बनाइरहेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए । आउँदो अंग्रेजी नयाँ वर्षभित्र नै ठमेल चौबिसै घण्टा खुला गर्ने र ‘फ्री भेइकल जोन’ बनाउने गरी तयारी भइरहेको शर्माले जानकारी दिए । शान्ति सुरक्षा, पार्किङ व्यवस्थापन, चौबिसै घण्टा खुला गर्दा कुनै पनि व्यवसायीलाई मर्का नपर्ने गरी कसरी सञ्चालन गर्न सकिन्छ भनेर व्यावसायिक आचारसंहिता बनाइरहेको उनले उल्लेख गरे ।

“शान्ति सुरक्षा व्यवस्थापन कसरी गर्ने ? पार्किङ व्यवस्थापन कसरी गर्ने ? चौबिसै घण्टा सञ्चालन गर्दा व्यवसायीलाई मर्का नपर्ने गरी कसरी सञ्चालन गर्ने भनेर हामीले व्यावसायिक आचारसंहिता बनाइरहेका छौँ,” शर्माले भने, “काठमाडौं महानगर, दरबार वृत्त, सोह्रखुट्टे वृत्त, ट्राफिक महाशाखा, ठमेल पर्यटन विकास परिषद्, ठमेलसँग जोडिएका चारवटै वडाका जनप्रतिनिधिसहितको एउटा समिति गठन गरेर आचारसंहिता बनाइरहेका छौं ।” आचारसंहिता पारितपछि ठमेल चौबिसै घण्टा खुलाइने उनले जानकारी दिए ।

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।