December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

भूकम्प पीडितका घर बनाउन कांग्रेसले इन्जिनियर पठाउने

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १४:१0
भूकम्प पीडितका घर बनाउन कांग्रेसले इन्जिनियर पठाउने
  • इन्जिनियर र डकर्मी सहितको टोली प्रभावित क्षेत्र पठाउने
  • टहरा बनाउन १० जनाका दरले २५ वटा स्वयमसेवक टोली खटाउने 
  • प्रत्येक टोलीमा एक–एक जना इन्जिनियर, डकर्मी र व्यवस्थापक हुने

काठमाडौं ।।

नेपाली कांग्रेसले भूकम्प पीडितका लागि टहरा बनाउन इन्जिनियर र डकर्मी सहितको टोली प्रभावित क्षेत्र पठाउने निर्णय गरेको छ । सोमबार बिहान धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले टहरा बनाउन इन्जिनियर र डकर्मीसहितको स्वयमसेवक टोली जाजरकोट र रूकुम पश्चिमको प्रभावित क्षेत्र पठाउने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भूकम्प पीडितका लागि टहरा बनाउन १० जनाका दरले २५ वटा स्वयमसेवक टोली पठाउने र प्रत्येक टोलीमा एक-एक जना इन्जिनियर, डकर्मी र व्यवस्थापक हुने जानकारी दिए ।

भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी कोषमा ५० लाख सहयोग गरेको कांग्रेसले जाजरकोट र रूकुम पश्चिममा कूल एक हजार टहरा बनाउने तयारी गरेको छ । चिसोले गर्दा भूकम्पपीडित समस्यामा परेका छन् । साथै टहरा निर्माणका लागि दिने भनिएको राहत रकम छिटो उपलब्ध गराउन पनि सरकारलाई कांग्रेसले आग्रह गरेको छ । चिसोले गर्दा अहिलेसम्म १० जना भूकम्पपीडितको मृत्यु भइसकेको छ ।

 

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।