sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सर्वोच्चको आदेश जिल्ला प्रशासनले मानेन

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १0:३३
सर्वोच्चको आदेश जिल्ला प्रशासनले मानेन
  • माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंको तत्कालीन आदेशलाई बदर
  • प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा ७ गते कार्यक्रम गर्न नदिने बतायो 

काठमाडौं ।।

सर्वोच्च अदालतको फैसला लत्याउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले फेरि राजधानीको मुख्य सडक माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । २०७९ साल फागुन १५ गतेको सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले “स्थान तोकेर आन्दोलन र प्रदर्शन गर-नगर” भन्नु संविधानमै उल्लेख गरिएको मौलिक हक विपरीतको कार्य भएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको तत्कालीन आदेशलाई बदर गरिदिएको थियो ।

तर फेरी जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हिजो २०८० मंसिर ४ गते सोमबार बानेश्वरदेखि माइतीघर मण्डलासम्मको क्षेत्रलाई एक महिनासम्म निषेधित क्षेत्र घोषणा गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौले सूचना जारी गर्दै भनेको छ “आजदेखि काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध, धर्ना, प्रर्दशनलगायतका कार्य गर्न पाइने छैन ।” जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

एमालेको भ्रातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टा छुट्टै घोषणा गरेका थिए । सो प्रदर्शनलाई लक्षित गर्दै प्रशासनले निषेषधित क्षेत्र घोषणा गरेको हो । प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा ७ गते कार्यक्रम गर्न नदिने बताएको थियो । निषेधिन क्षेत्र घोषणापछि उनीहरुलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएको छ ।

वैकल्पिक स्थानका रुपमा तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको छ । प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ । सो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, घेराउ, प्रदर्शन, धर्ना, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १0:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid