sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बारा प्रहरीद्वारा रातभर हवाई गोली फायर, दुई जना घाइते

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १0:४८
बारा प्रहरीद्वारा रातभर हवाई गोली फायर, दुई जना घाइते

काठमाडाैं । २०८० मंसिर ०४ गते राति २२:०० बजेको समयमा जिल्ला बारा पचरौता नगरपालिका वडा नं.०७ बेनौलीस्थित झण्डा मेला लगाउने विषयलाई लिएर साेही स्थानमा बस्ने गाउँका दुबै पक्ष गरी सैयौं मानिसहरू बिच उक्त विषयलाई लिएर वादविवाद भई ढुङ्गा मुढा हानाहान तथा झडप समेत भएको खबर छ ।

ढुङ्गामुढा हानाहान तथा झडप पछि उक्त स्थानमा तत्काल जिल्ला प्रहरी कार्यालय बाराकाे प्रहरी टोली पुगेर हेर्दा अवस्था तनावग्रस्त रहेको भेटिएकाे बताइएकाे छ ।

बारा प्रहरीका अनुसार, साे स्थानमा ढुङ्गा मुढा हनाहानबाट केही व्यक्ति घाईते समेत भएकोले झडपलाई सामान्य बनाउनको लागि साेही राति २३:०० बजेको समयमा बारा प्रहरीले २ (दुई) राउण्ड गोली हवाईफायर गरी भीडलाई तितरबितर पारेकाे थियाे ।

हवाईफायर पछि अवस्था समान्य बनाईए पनि, पुन: साेही स्थानमा २३:४५ बजेको समयमा दुबै पक्ष बिच एक आपसमा फेरि ढुङ्गामुढा हानाहान हुँदा राति पुन: ५ (पाँच) राउण्ड, २३:५५ बजेको समयमा प्रहरीद्वारा १ (एक) राउण्ड गरी जम्मा ८ (आठ) राउण्ड गोली हवाईफायर गरी भिडलाई तितरबितर पारेकाे बताएकाे छ ।

बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार, तत्कालको लागि अवस्था समान्य बनाईएको र हालसम्म २ (दुई) जना व्यक्तिहरु ढुङ्गामुढा हानाहानबाट घाईते समेत भएका छन् ।

ढुङ्गामुढा हानाहानबाट घाईते हुनेमा जिल्ला बारा पचरौता न.पा. ७ बेनौली बस्ने वर्ष ४० को लक्ष्मी पटेल र जिल्ला बारा पचरौता न.पा. ७ बेनौली बस्ने वर्ष ४२ को चण्डीका पटेल रहेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid