चितवन ।।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको बदनाम गर्न खोजेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई जना कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् । उनीहरु दुवैलाई गएराति आ-आफ्नै घरबाट नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ । उनीहरुमाथि मेयर दाहाल र पत्रकार सन्तोष देउजाको तस्वीर तोडमोड गरी सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोजेको आरोप छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।