April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

सडक दुर्घटनामा परी एमालेका स्थानीय नेताको मृत्यु

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १६:४८
सडक दुर्घटनामा परी एमालेका स्थानीय नेताको मृत्यु
  • कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु
  • बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान हुँदै 
  • मोटरसाइकल अनियन्त्रित भई पल्टँदा घटना घट्यो 

नवलपरासी ।।

नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इन्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाटबाट त्रिवेणीस्थित आफ्नै निवासमा फर्कंदै गर्दा लु ५२ प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा

उनको मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए । ४८ वर्षीय घाइते कोहारलाई उपचारका निम्ति सहिद स्मृति सामुदायिक अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए । उनको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बोहोराले जानकारी दिए ।

 

 

 

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १६:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।