sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारतले दिएको गिफ्ट आज नै नेपाल भित्रिंदै

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १३:१७
भारतले दिएको गिफ्ट आज नै नेपाल भित्रिंदै
  • १५ मुर्रा राँगा आज नेपाल भित्र्याइँदै
  • जमुनाहा नाका हुँदै साँझसम्म मुर्रा नेपाल आइपुग्ने 
  • पाँच लहानमा र सातवटा पोखरास्थत भैँसी प्रजनन केन्द्रमा राखिने

काठमाडौं ।।

भारत सरकारले उपहारस्वरूप दिएका १५ मुर्रा राँगा आज नेपाल भित्र्याइँदै छ । नेपालगन्जको जमुनाहा नाका हुँदै साँझसम्म मुर्रा नेपाल भित्र्याउन लागिएको पशु सेवा विभागले जनाएको छ । विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार १५ मध्ये तीन मुर्रा नेपालगन्जमा, पाँच लहानमा र सातवटा पोखरास्थत भैँसी प्रजनन केन्द्रमा राखिनेछ । आयातित मुर्रा राख्न प्रजनन् केन्द्रहरूमा ‘आइसोलेसन सेड’ तयार पारिएको छ । भारतबाट ल्याइएका मुर्रालाई कृत्रिम गर्भाधानका निम्ति प्रयोग गरिनेछ । प्रजनन केन्द्रबाट मुर्राको वीर्य उत्पादन र वितरण गरी विभिन्न सरकारी कृषि फार्महरूमा पुर्‍याइनेछ ।

यसबाट नेपाली भैँसीको नश्ल सुधार र दूधको उत्पादकत्वमा बढावा हुने विभागको अपेक्षा छ । नेपालमा मुर्रा जातका भैँसीहरू अहिले पनि पालिएका छन् । तर, तिनीहरू लामो समयदेखि एउटै प्रकारले प्रजनन भइरहेकाले नश्ल सुधारका निम्ति उन्नत जातका राँगा ल्याउन नेपालले लामो समयदेखि प्रयास गरेको डा. ढकाल बताउँछन् । उनका अनुसार ०७३ सालदेखि नेपालले भारतसँग खरिद नै गरेर ल्याउने गरी मुर्रा राँगा माग गरिरहेको थियो । तर, भारतको रैथाने अनुवांशिक वस्तु अन्यत्र लैजान कडा नीति भएका कारण सात वर्षसम्म यो प्रयास सफल नभएको उनको भनाइ छ । गएको जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाललाई १५ मुर्रा जातका राँगा दिने सम्झौता गरिएको थियो ।

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १३:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid