April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर

७ गते शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारसँग आग्रह : आयोग

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १६:३६
७ गते शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारसँग आग्रह : आयोग
  • दुर्गा प्रसाईंले भोलि गर्न लागेको कार्यक्रमलाई लिएर ध्यानाकर्षण
  • यसबाट सर्वसाधारणमा भय र त्रासको अवस्था सिर्जना
  • शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह

काठमाडौं ।।

राष्ट्रिय मानव अधिकार आयोगले युवा संघ र दुर्गा प्रसाईंले भोलि गर्न लागेको कार्यक्रमलाई लिएर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मानव अधिकारको दृष्टिकोणबाट प्रदर्शनको अनुगमन गर्नेसमेत बताएको छ । बुधबार एक विज्ञप्तिमार्फत आयोगले प्रदर्शनका सम्बन्धमा सामाजिक सञ्जालमा आएका अभिव्यक्ति‍, सञ्चार माध्यममा प्रकाशन, प्रसारण भएका सामग्रीहरूलाई गम्भीररूपमा लिएर नजिकबाट अध्ययन गरिरहेको पनि बताएको छ ।

दुवै पक्षबाट शक्ति प्रदर्शन गर्ने र आरोपप्रत्यारोपयुक्त अभिव्यक्तिहरू दिने जस्ता गतिविधिहरू भएको पाइएकोले यसबाट सर्वसाधारणमा भय र त्रासको अवस्था सिर्जना भएको पाइएको आयोगले जनाएको छ । लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार भए पनि प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुपर्ने आयोगको भनाइ छ । जसका लागि प्रदर्शनकारीकै प्राथमिक दायित्व हुने आयोगको ठहर छ । साथै आयोगले शान्तिपूर्णरूपमा भेला हुने अधिकारको सम्मान गर्दै नागरिकमाथि अनावश्यक बल प्रयोग नगर्न तथा प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ ।

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १६:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।