sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विश्वकप पछि भारत र अस्ट्रेलिया टी २० मा भिड्दै

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १0:२३
विश्वकप पछि भारत र अस्ट्रेलिया टी २० मा भिड्दै

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनल पछि भारत र अस्ट्रेलिया टी २० क्रिकेटमा आज आमने सामने हुदै छन् । भारत र अष्ट्रेलियाबीचको टी–२० सिरिजको पहिलो खेल विशाखापट्टनममा बेलुका हुदै छ ।

२०२३ को विश्वकपको फाइनलपछि दुवै टोली एकअर्काको विरुद्धमा मैदान उत्रन लागेका हुन् । टी २०का लागि भारतले सूर्यकुमार यादवलाई कप्तान बनाएको छ । भारतीय टोलीले अधिकांश नयाँ खेलाडीलाई लिएर मैदान उत्रनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज खेल अवधिभर पानी पर्ने सम्भावना छ । बिहीबार विशाखापट्टनममा ६० प्रतिशत पानी पर्ने सम्भावना छ । यदि टस अघि पानी पर्यो भने, खेल सुरु हुन ढिलाइ हुन सक्छ । खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

यस खेलको प्लेइङ इलेभेनमा टिम इन्डियाले यशस्वी जैसवाल र इशान किशनलाई मौका दिन सक्छ । तिलक वर्मा, रिंकु सिंह र अक्षर पटेललाई पनि मौका मिल्न सक्छ । फास्ट बलर अर्शदीप सिंह र प्रसिद कृष्णले स्थान पाउन सक्नेछन् । दुवैले अहिलेसम्म राम्रो प्रदर्शन गरेका छन् ।

भारतीय टोली : इशान किशन (विकेटकीपर), यशस्वी जैसवाल, सूर्यकुमार यादव (कप्तान), तिलक वर्मा, शिवम दुबे, रिंकु सिंह, अक्षर पटेल, रवि बिश्नोई, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण, मुकेश कुमार, वाशिंगटन सुन्दर, आवेश खान, ऋतुराज गायकवााड र जितेश शर्मा ।

अष्ट्रेलिया टोली : ट्राभिस हेड, म्याथ्यू सर्ट, स्टिभन स्मिथ, जोस इन्ग्लिस, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, टिम डेभिड, म्याथ्यू वेड (विकेटकिपर÷कप्तान), सिन एबोट, एडम जाम्पा, नाथन एलिस, जेसन बेहरेनडोर्फ, तनवीर संघा, केन रिचर्डसन र आरोन हार्डी ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १0:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid