May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धनकुटामा श्रीमती र छोराको हत्या गरेर आत्महत्या

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० ११:0२
धनकुटामा श्रीमती र छोराको हत्या गरेर आत्महत्या
  • श्रीमती र छोराको हत्या गरेर आत्महत्या
  • मादकपदार्थ सेवन गरी घरायसी विवाद
  • सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला

विराटनगर ।।

धनकुटा नगरपालिका-१, निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरेर आत्महत्या गरेका छन् । निगालेमा बस्दै आएका ३५ वर्षीय टिकाराम गुरुङले श्रीमती ३६ वर्षीया भीमा र छोरा १० वर्षीय आयुषको हत्या गरी आत्महत्या गरेका प्रहरीले जनाएको छ । संखुवासभाको चैनपुर नगरपालिकाका बासिन्दा उनी केही समयदेखि धनकुटाका मानिकलाल श्रेष्ठको खाली घरमा बस्दै आएका थिए ।

ज्यालामजदुरी गर्दै आएका गुरुङले मादकपदार्थ सेवन गरी घरायसी विवादमा घटना गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाको टोली घटनास्थलमा पुगेको छ । मृतक गुरुङ सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । उनकी श्रीमती र छोराको शव हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । मृतक गुरुङकी कान्छी छोरी ६ वर्षीया आसिकी भने छिमेकीको घरमा सुत्न गएकाले बचेको बताइएको छ ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट