May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

मेसी बने कीर्तिमानी तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी

  • साझा परिवेश
  • मङ्लबार, माघ २, २०८० १0:३६
मेसी बने कीर्तिमानी तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी

काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार बिहान लन्डनमा सम्पन्न समारोहमा कीर्तिमानी आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड पनि तेस्रो पटक जितेर कीर्तिमान कायम गरेका छन् ।

यो अवार्डका लागि मेसीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे । मेसीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् ।

मेसी र हालान्डले समान ४८ अङ्क प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरूको मतका आधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अङ्क प्राप्त गरेका थिए ।

युरोप बाहिरको लिग खेल्ने खेलाडीले यो अवार्ड जितेको पहिलोपल्ट हो l मेस्सी अमेरिकी मेजर लिग सकर (एमएलएस) मा क्लब इन्टर मियामीबाट खेल्ने खेलाडी हुन् l यसअघि, युरोपबाट खेल्दा पनि मेसीले यो अवार्ड सन् २०१९ र २०२२ मा जितेका थिए ।

यसैगरी आइटाना बोनमाटी पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । उनले २०२३ मा स्पेनलाई आफ्नो पहिलो विश्वकप उपाधि र बार्सिलोनालाई घरेलु र युरोपेली ट्रेबल गर्न महत्त्वपूर्ण योगदान गरेकी थिइन् ।

बोनमाटीले लिन्डा काइसेडो र जेनिफर हर्मोसोकोलाई पछि पारिन् । यसैगरी, मेरी इर्प्स लगातार दोस्रो वर्षको लागि उत्कृष्ट फिफा महिला गोलकिपरबनिन् । सरिना विग्म्यानलाई २०२३ को लागि उत्कृष्ट महिला प्रशिक्षक घोषित गरिएको छ ।

पुरुषतर्फ भने इडरसन २०२३ को उत्कृष्ट फिफा पुरुष गोलकिपर घोषित भएका छन् । म्यानचेस्टर सिटीको ऐतिहासिक ट्रेबल जित्ने अभियानलाई ३० वर्षीय इडरसनलाई सम्मान गरिएको हो । इडरसन २३ अङ्कका साथ शीर्ष स्थानमा रहे, थिबाउट कोर्टोइस (२० अङ्क) र यासिन बौनु (१६ अङ्क) मा सिमित भएका थिए ।

म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला उत्कृष्ट फिफा पुरुष प्रशिक्षक २०२३ घोषित भएका छन् । इटालियन जोडी लुसियानो स्पालेट्टी १८ अङ्क र सिमोन इन्जाघी ११ अङ्क र ग्वार्डिओला २८ अंकसहित उत्कृष्ट घोषित भएका हुन् ।

यसैगरी ब्राजिलका मिडफिल्डर गुइलहेर्मे मद्रुगाको उत्कृष्ट गोलकर्ता घोषित भए । उनलाई पुस्कस अवार्ड प्रदान गरिएको थियो । ह्युगो ड्यानियल “टोटो“ इनिगेजलाई २०२३ को लागि फिफा फ्यान अवार्डबाट सम्मानित गरिएको छ ।

मे २०२३ मा बाराकास सेन्ट्रल विरुद्धको अर्जेन्टिना प्राइमरा डिभिजनको खेलमा आफ्नो छोरालाई खुवाउँदै गरेको कोलोन डे सान्ता फे फ्यान भाइरल भएका थिए ।

यस्तै,ब्राजिलले फिफा फेयर प्ले अवार्ड हात पारेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, माघ २, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट