May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

तौल घटाउनका लागि कसरी पिउने कफी ?

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० ११:२२
तौल घटाउनका लागि कसरी पिउने कफी ?

कफी पिएर दिनको सुरुवात गर्न चाहनेमध्ये तपाईं पनि पर्नुहुन्छ भने यो खबर तपाईंकै लागि हो । कफीले शरीरलाई ऊर्जावान् राख्छ र मेटाबोलिजम दरलाई तेज गर्न मद्दत गर्छ । कफीमा भएको पोटासियम, म्याग्नेसियम, फाइबर र एन्टिअक्सिडेन्ट्सले तौल घटाउनुका साथै मेटाबोलिजमलाई पनि बढाउँछ । कफी पिउँदा पेट लामो समयसम्म भरिएको महसुस हुन्छ त्यसैले पनि तपाईंलाई के खाऊँ, के खाऊँ जस्तो हुँदैन । तौल कम गर्नका लागि दूध हालेर नभई चार प्रकारको कफी बनाएर पिउन सक्नुहुन्छ । यसबारे जानकारी लिन एक भारतीय सञ्चार माध्यमले भारतको फिट क्लिनिककी डायटिसियन सुमनसँग कुराकानी गरेको छ ।

दालचिनी कफी

तौल कम गर्नका लागि ब्ल्याक कफीमा दालचिनी हालेर पिउन सक्नुहुन्छ । दालचिनीमा भएको एन्टिअक्सिडेन्टले मेटाबोलिजमलाई बढाउँछ र तौल कम गर्न मद्दत गर्छ । यो कफी पिउँदा लामो समयसम्म भोक लाग्दैन र प्रतिरोधी क्षमता पनि बलियो हुन्छ ।

कागती हालेको कफी

तौल कम गर्नका लागि कागती मिसाएको कफी एक उत्कृष्ट विकल्प हो । यो कफीले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्नुका साथै शरीरको प्रतिरोधी क्षमता बढाउँछ । यो कफीमा पाइने तत्त्व क्याफिन, सिट्रिक एसिड र भिटामिन सीले तौल घटाउन मद्दत गर्छ । यो कफीले मेटाबोलिजमलाई पनि बढाउँछ । यो कफी बनाउनका लागि १ कप कफीमा आधा चम्चा कागतीको रसलाई कपमा हाल्नुहोस् । यति गरेपछि तपाईंको कागती कफी तयार हुन्छ ।

ब्ल्याक कफी

तौल कम गर्नका लागि ब्ल्याक कफी पिउन सकिन्छ । ब्ल्याक कफी पिउँदा मेटाबोलिक रेट तेज हुन्छ । त्यसैले तौल घट्छ र पेटको बोसो पनि कम हुन्छ । ब्ल्याक कफीले तपाईंलाई ऊर्जावान् राख्छ र शरीरलाई स्वस्थ पनि राख्छ । यसको स्वाद बढाउनका लागि यसमा एक चुट्की जाइफलको पाउडर पनि मिसाउन सक्नुहुन्छ ।

डार्क चकलेट कफी

तौल कम गर्न चाहने धेरै मानिस यस्तो कफी पिउन डराउँछन् । तर स्मरण रहोस्, मोनोअनस्याचुरेटेड फ्याटी एसिडले मेटाबोलिजमलाई तेज बनाउँछ । त्यसैले तौल तीव्र रूपमा घट्छ । यस्तो कफी पिउँदा लामो समयसम्म भोक लाग्दैन । त्यसैले तौल कम हुन्छ ।

तौल कम गर्नका लागि तपाईंले यी कफी पिउन सक्नुहुन्छ । तर यदि तपाईंलाई कुनै रोग वा एलर्जीको समस्या छ भने यो खानुभन्दा अघि डाक्टरको सल्लाह लिनुहोस् ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० ११:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट