काठमाडौँ ।।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘राष्ट्र बचाउ महाअभियान’ को पहिलो दिन पूर्वनिर्धारित कार्यतालिका बिथोलिएको छ। प्रशासनले प्रदर्शनका लागि तोकेको बल्खु क्षेत्रमा लगातार दुई पटकसम्म झडप भएपछि पूर्वनिर्धारित तालिका बिथोलिएको हो। उपत्यकाका विभिन्न ८ ठाउँबाट आएको र्याली बल्खुमा कोणसभामा परिणत हुने र त्यहाँ प्रसाईंलगायतले सम्बोधन गर्ने कार्यतालिका बनेको थियो।
सोही सभामा दुर्गा प्रसाईं, केशव पोखरेल र रमा सिंहले सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको थियो। तर, प्रदर्शनमा प्रहरीसँगै झडप भएपछि प्रसाईं पक्षको सभा नभएको हो।अन्तिम क्षणमा त्यसलाई रोकेर अभियानका अध्यक्षमण्डलका संयोजक दुर्गा प्रसाईंले कोणसभामा सम्बोधन गरेर आजको प्रदर्शन टुंगो लगाउने बताए। उनले भोलिदेखि आन्दोलन निरन्तर अघि बढ्ने दाबी गरे।