जोमसोम ।।
मुस्ताङमा सम्पर्कविहीन भएका २ विदेशी नागरिकसहित ४ जना पदयात्री भेटिएका छन्। उनीहरु मुस्ताङको लोघेकर दामोदर कुण्ड गापा-२ ढाक्मर खोला खोचमा भेटिएका डिएसपी भोजराज पाण्डेले बताए । पदयात्री २ जना विदेशी नागरिक र उनीहरुका २ नेपाली पथप्रदर्शकको आज बिहान १० बजे हेलिकोप्टरमार्फत सकुशल उद्दार गरिएको डिएसपी पाण्डेले जानकारी दिए।
ईटालीयन नागरिक ४५ वर्षीया एरियाना रेजिस र स्वीजल्याण्डका नागरिक ५५ वर्षीय मार्को ग्याजोला सम्पर्कविहीन रहेका सूचना मुस्ताङ प्रहरीलाई बिहिबार साँझ ५ बजे प्राप्त भएको थियो। जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्यवमा हाईअल्टिच्यूड हेली मार्फत बिहिबार साँझ खोज तलास गरे पनि उनीहरु रहेको स्थान पत्ता लाग्न सकेको थिएन। मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेको कमाण्डमा जिल्ला प्रहरी कार्यालयको टोलीले हेली मार्फत सर्च अप्रेशन गरेको थियो।