नेपाल सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संविधान दिवश मूलसमारोह समितिको बैठकले नेसनल डे कन्सर्ट गर्ने (राष्ट्रिय दिवश उत्शव) निर्णय गरेको हो ।
नेपाल सरकारले सैनिक मञ्च टुडिखेलमा औपचारिक कार्यक्रम गरे पछि नारायणहिटि दरबार अगाडिको खुला स्थानमा नेसनल डे कन्सर्ट गर्न लागेको हो । नेपालका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने कार्यक्रममा नेपाल सरकारको पनि सहभागिता रहने बैठक पछि गृहमन्त्रालयका सचिव एक नारायण अर्यालले जानकारी दिए ।