April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

दुर्गा प्रसाईंको नजरबन्दबिरुद्द सर्वोच्चमा रिट

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १६:0२
दुर्गा प्रसाईंको नजरबन्दबिरुद्द सर्वोच्चमा रिट
  • दुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट
  • सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर
  • झुठा मुद्दा लगाइ फसाउने सम्मको सम्भावना

काठमाडौँ ।।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। रिटको पेसी आइतबारका लागि तोकिएको वरिष्ठ अधिवक्ता भण्डारीले बताए। जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाइएको रिटमा प्रसाईंलाई नजरबन्दमुक्त गर्न माग गरिएको छ। मंसिर ७ बाट प्रसाईंले सञ्चालन गरिरहेको राष्ट्र बचाउ अभियानमा संलग्न भएको आधारमा तत्कालै नियन्त्रणमा लिएर नजरबन्दमा राखिएको रिटमा उल्लेख छ।

आफैंले नेतृत्व गरेको राष्ट्र बचाउ अभियानमा सहभागी हुन नपाउनेगरी निजको नेपालको संविधानको धारा १७ ले प्रदत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धि अधिकारमा आघात पुगेको र राजनीतिक विचार राख्न नपाइने गरी कसैलाई पनि नियन्त्रणमा लिन, निगरानीमा राख्ने थुनामा राख्न नपाईने रिटमा भनिएको छ। शान्तिपूर्ण रुपमा बिरोध गर्न र विमती राख्न पाउने संविधानलेनै प्रत्याभूत गरेको उल्लेख छ।

सरकारले गरेका विभिन्न काम कारबाहीमा नागरिकलाई चित्त नबुझेको अवस्थामा शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने संगठित भएर अभियान चलाउन पाउने नागरिकको मौलिक मानव अधिकारलाई राज्यले सम्मान र रक्षा  गर्नु पर्नेमा उल्टै निवेदकलाई भेट्न आउने व्यक्तिलाई समेत धरपकड गरी निवेदकलाई गैरकानुनी रुपमा निगरानीमा राख्ने, थुनामा राख्ने र विभिन्न झुठा मुद्दा लगाइ फसाउने सम्मको सम्भावना भएको निवेदकको आशंका छ।

प्रसाईंले बैंक वित्तिय संस्थाप्रति आक्रोस पोखेकै कारण थुनामा राखिएकाले उनलाई सर्वोच्च समक्ष उपस्थित गराउन माग गरिएको छ। प्रसाईंलाई नजरबन्द र थुनाबाट मुक्त गरी फसाउन झुटा मुद्दा लगाउने खतरा भएको भन्दै त्यसलाई रोकि त्यस्तो कार्य अमान्य र बदर घोषित गर्न समेत माग गरिएको छ। यसरी राख्दा प्रसाईंलाई क्षति पुगेको भन्दै क्षतिपूर्तीको माग पनि गरिएको छ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १६:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट