December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

काठमाण्डौ महानगरले तोक्यो चार ठाउँमा फूल बिक्री केन्द्र

  • साझा परिवेश
  • शनिबार, कार्तिक २५, २०८० १६:४१
काठमाण्डौ महानगरले तोक्यो चार ठाउँमा फूल बिक्री केन्द्र

काठमाण्डौ – नेपाली फूलको प्रवर्द्धनका लागि काठमाण्डौ महानगरले चार ठाउँमा फूल बिक्री केन्द्र तोकेको छ ।

काठमाण्डौ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवर्द्धन गर्न चार ठाउँमा स्टल राख्ने बताउनु भयो । उहाँले चार ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने बताउनु भयो ।

उहाँले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलहरुका लागि महानगरले बिक्रीमा सहजीकरण गर्ने उद्देश्यले फूल बिक्री केन्द्र ताेकेकाे बताउनु भयो ।

त्यस्तै काठमाण्डौ महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ । तिहारलाई भव्य र सुरक्षित रुपमा मनाउनका लागि साँझ ८ बजेदेखि राति १ बजेसम्म नगर प्रहरीले गस्ती गर्ने भएको हो ।

शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने प्रमुख पाण्डेले बताउनु भयो । उहाँले देउसी भैलोको समयमा १ बजेसम्म चार क्षेत्रबाट गस्ती हुने बताउनु भयो । उहाँले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने बताउनु भयो ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक २५, २०८० १६:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।