sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बजेट कार्यान्वयनमा कुनै शंका नगर्नुस् : मुख्यमन्त्री कार्की

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० ११:५४
बजेट कार्यान्वयनमा कुनै शंका नगर्नुस् : मुख्यमन्त्री कार्की
  • मुख्यमन्त्रीले बजेट पूर्णरूपमा कार्यान्वयन हुने बताए
  • अध्यादेशमा रहेको भन्दा ५० करोड आकार बढाउँदै
  • ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेश गरे

विराटनगर ।।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्णरूपमा कार्यान्वयन हुने बताएका छन् । आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गरे । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ का लागि बजेट अध्यादेश प्रतिस्थापन विधेयक शनिबारको प्रदेश सभा बैठकमा पेश गरेका थिए । अध्यादेशमा रहेको भन्दा ५० करोड आकार बढाउँदै उनले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेश गरेका थिए ।

आइतबार पत्रकारहरुसँगको भेटमा मुख्यमन्त्री कार्कीले बजेट भौतिक विकासमा मात्र केन्दि्रत नरहेको उल्लेख गरे । प्रतिस्थापन विधेयकले मानवीय विकासलाई समेत जोड दिएको बताउँदै उनले भने, ‘प्रस्तुत कार्यक्रमहरू विधेयक पास भएको भोलिपल्टदेखि कार्यान्वयनमा जान्छ । समुन्नत प्रदेशका लागि हामीले पाइला चालिसकेका छौं ।’ बजेट कनिकासरी नछरिने भन्दै उनले अब योजना आयोगले तय गरेका कामहरू प्राथमिकता र योजनाबद्ध तवरले हुने बताए ।

प्रतिस्थापन विधेयकमा १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने, तमोरको पानी धरान ल्याउने, धुलो दूध र घिउ निर्यातमा अनुदान दिने, हात्तीमैत्री जंगल बनाउने, इटहरीमा प्रादेशिक जलन अस्पताल निर्माण गर्ने लगायतका कार्यक्रम समावेश छन् । यसैगरी विराटनगरमा शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको व्यवस्था मिलाउने, प्रत्येक जिल्लामा निःशुल्क कानुनी उपचार केन्द्रको व्यवस्था मिलाउने, भूमिहीन तथा सुकुम्वासीले घडेरी खरिद गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको व्याज मिनाहा गर्ने लगायतका कार्यक्रम पनि समेटिएका मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० ११:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid