April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

इलाम–२ मा माओवादी केन्द्रबाट धिरेन्द्र सिफारिश

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २०, २०८० 0८:५३
इलाम–२ मा माओवादी केन्द्रबाट धिरेन्द्र सिफारिश

इलाम । सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नम्बर २ मा धिरेन्द्र शर्मा तिम्सिना (रमण) उम्मेदवार सिफारिश भएका छन् ।

माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिश गरेको हो । उम्मेदवारका रूपमा एकल सिफारिश भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताए ।

उम्मेदवारका लागि शर्मासहित चार जना आकांक्षी भएपनि नेताहरुले शर्माको नाममा सहमति जुटाएका हुन् ।

२०७४ सालको चुनावमा उनी क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन् ।

इलाम–२ मा नेकपा एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु उम्मेदवार छन् ।

इलाम–२ मा १५ वैशाखमा उपचुनाव हुँदैछ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २०, २०८० 0८:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।