April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

हिमालयन रिइन्स्योरेन्सको सर्यो आईपीओ खुल्ने म्याद

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० ११:१0
हिमालयन रिइन्स्योरेन्सको सर्यो आईपीओ खुल्ने म्याद
  • सेयर (आईपीओ) खुल्ने म्याद सर्यो 
  • प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निस्कासन गर्दै
  • मंसिर ४ देखि १८ गतेसम्म यस कम्पनीको आईपीओमा आवेदन दिन सक्ने

काठमाडौं ।।

हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुल्ने म्याद सरेको छ । अंकित मूल्य १ सयमा प्रतिकित्ता १०६ रुपैयाँ पि्रमियम थप गरी कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निस्कासन गर्दैछ । यसअघि भोलि मंगलबारदेखि कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री खुला गर्ने मिति तय गरेकोमा त्यो अवधिलाई मंसिर ४ देखि मात्रै खुला हुनेगरी सारेको हो । तिहारको लामो विदा पर्ने भएकाले मिति सारिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । वैदेशिक रोजगारमा रहेकाले अब मंसिर ४ देखि १८ गतेसम्म यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निस्कासनलाई इक्रा नेपालले ए माइनस रेटिङ प्रदान गरेको छ । इक्राले सबैभन्दा बलियो कम्पनीले एएए रेटिङ प्रदान गर्दछ भने कमजोर कम्पनीलाई डी रेटिङ प्रदान गर्दछ । यो कम्पनीलाई प्रदान भएको ए माइनस रेटिङले कम्पनी मध्यमस्तरमा बलियो रहेको जनाउँछ । कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ९२ पैसा छ भने प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा छ । सो अवधिसम्म सञ्चित नाफा ४४ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

नेपाल सरकारको समेत लगानीमा स्थापना भएको नेपाल रि- इन्स्योरेन्सपछि पुनर्बीमा क्षेत्रमा निजी लगानीमा पहिलोपटक हिमालयन रि-इन्स्योरेन्स सञ्चालनमा आएको छ । १० अर्ब चुक्ता पूँजी रहने कम्पनीले ३ अर्ब रुपैयाँ प्राथमिक निस्कासन (आईपीओ) मार्फत जुटाउँदै छ । कम्पनीमा नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरुको लगानी छ । कम्पनीले हालै सीईओको जिम्मेवारी उपासना पौडेललाई दिएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० ११:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।