July 31, 2025 | बिहिबार, साउन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानमन्त्री कोषमा पौने १९ करोड

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १३:३९
प्रधानमन्त्री कोषमा पौने १९ करोड
  • प्रभावितका निम्ति प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा
  •  १८ करोड ८० लाख ११ हजार १८७ रुपैयाँ जम्मा
  • १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति

काठमाडौं ।।

जाजरकोट भूकम्प प्रभावितका निम्ति प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ८० लाख ११ हजार १८७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गएको कात्तिक १८ देखि मंसिर १० गतेसम्म विभिन्न संघसंस्था र व्यक्तिले कोषमा उक्त रकम जम्मा गरेका हुन् । कोषमा हालसम्म ७१ भन्दा बढी संघसंस्था र व्यक्तिले रकम जम्मा गरिसकेका छन् ।

कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायत १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति भएको थियो । भूकम्पबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावितको सहयोगका निम्ति कोषमा रकम जम्मा गर्न सर्वसाधारणलाई अनुरोध गरेको थियो । त्यसपछि कोषमा पौने १९ करोड रुपैयाँ जम्मा भएको हो ।

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट