May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य गिरीबन्धु प्रकरणबारे बालेन भन्छन्- तत्कालीन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ प्रधानमन्त्रीद्वारा कांग्रेसका शीर्ष नेतासँग छलफल सुरु कामीरिता शेर्पा आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथाको शिखरमा बैबाहिक बलात्कारसम्बन्धि आरोप लागेका गायक रबि ओडले गरे आत्मसमर्पण काठमाडौमा छुरा प्रहार गरि हत्या , ४ पक्राउ कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्छ पानी ? रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल

कांग्रेस प्रवक्ताले नै पार्टीका उम्मेदवारलाई मत नमागेको उपचुनाव !

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १३:२६
कांग्रेस प्रवक्ताले नै पार्टीका उम्मेदवारलाई मत नमागेको उपचुनाव !

काठमाडौं । उपनिर्वाचनमा कांग्रेस पराजित भएपछि गगन थापाको सचिवालयमा कार्यरत राघवकृष्ण गौतमले सार्वजनिकरूपमै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको भूमिकामाथि प्रश्न उठाए ।

पार्टी प्रवक्ताको कब्जामा हुने फेसबुक पेज चुनावको बेला नचलाइएको भन्दै उनीमाथि कारबाहीको माग गरे । गौतमसहित गगनको सचिवालयको कोर टीम गोविन्द भट्टराईको चुनाव अभियानमा दमौलीमा खटिएको थियो ।

कांग्रेस केन्द्रीय प्रचार विभागले उपनिर्वाचनको लागि कुनै प्रचार टीम नबनाएपछि गगन थापाको सामाजिक सञ्जाल सञ्चालन टीमदेखि विज्ञहरूको समूह नै दमौलीमा खटिएको थियो । जसलाई लक्षित गर्दै स्वर्णिम वाग्लेले कांग्रेसका एकजना युवा नेताले १० जना साइबर सेना पठाएको र उनीहरू आफू बसेकै घरमा रहेको टिप्पणी गरेका थिए ।

उपचुनावको पराजयपछि दलहरूभित्रै एकले अर्कोमाथि आरोप लगाउने प्रचलन सामान्य हो । अहिलेको पराजयलाई कांग्रेसभित्रै गगन थापा र विश्वप्रकाशहरूको हैसियत मापनका रूपमा समेत अर्को पक्षले टिप्पणी गरिररहेको छ ।

तर, कांग्रेसका संस्थागतरूपमै उठेको प्रश्न चाहिँ उपनिर्वाचनमा पार्टी प्रवक्ता तथा प्रचार प्रसार विभाग कहाँ थियो ? भन्ने हो । मंसिर ४ को निर्वाचनमा कांग्रेसले प्रचार विभाग प्रमुख डा. महतको नेतृत्वमा देशभर प्रचार प्रसार टीम बनाएका थियो ।

तर, यसपटक भने प्रचार विभागको एकपटक बैठक समेत नबोलाइएको र कसैलाई केही जिम्मेवारी नतोकी प्रवक्ता आफैँ गायब भएको आरोप प्रेस युनियनका नेताहरूको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको टोली स्वयंसेवीरूपमा खटिएको थियो ।

युनियनका एक पदाधिकारीले भने, ‘उपनिर्वाचनको अवधिभर कांग्रेस प्रवक्ताले कुनै दिन कांग्रेसका उम्मेदवारका लागि भोट मागेनन् । उनलाई गत मंसिरमै निर्वाचन प्रचार प्रसारसमेतको जिम्मेवारी थियो । उपनिर्वाचनमा त्यो भूमिका देखिएन । अर्थमन्त्री भएकाले भोट नमागेको भनौं भने प्रधानमन्त्री नै चुनावी सभा गरेर हिँडेका थिए । यो विषय भित्रभित्रै निकै चर्किएको छ ।

कांग्रेसको आधिकारिक फेसबुक पेजबाट चितवन र तनहुँको एक-एकवटा सभा लाइभ हुनेबाहेक कुनै आकर्षक प्रचार नगरिएको र मत माग्न सोसल मिडियामा पोस्टसमेत नराखिएको आरोप छ । फेसबुक पेजसमेत नदिएर डा. महतले अविश्वास गरेको आरोप पनि उनीहरूले लगाएका छन् ।

त्यसो त कांग्रेसको आधिकारिक फेसबुक पेजको क्याटेगोरी पनि मिलेको छैन । पोलिटकल अर्गनाइजेसन हुनुपर्नेमा स्पोर्टस एण्ड रिक्रियसन भनेर राखिएको छ ।

यसअघि प्रचार प्रसार कमिटीमा बसेर काम गरेका कांग्रेसका एक नेताले भने, ‘कांग्रेस प्रवक्ताको आधिकारिक फेसबुकमा यो अवधिमा कांग्रेसको पक्षमा मत मागेको कुनै पोष्ट छैन । मन्त्री भएर नमिलेको हो भन्ने हो भने प्रधानमन्त्री आफैँ भोट माग्न हिडेका थिए । उहाँलाई अप्ठेरो भएको हो भने प्रवक्ता पद त्याग्दा राम्रो हुन्छ, होइन भने सभापति हटाउनुपर्छ ।

कांग्रेसले तनहुँ र चितवनका उप चुनाव हुने सबै वडामा केन्द्रीय प्रतिनिधि खटाएको थियो । तर, ती प्रतिनिधि पुग्दा झन् डिस्टर्ब भएको रिपोर्टसमेत आएको छ । उनीहरूसँग गएकाहरूले टिकटक बनाउने र आन्तरिक पर्यटन बढाउनेबाहेक पार्टीको पक्षमा माहौल बनाउन काम नभएको प्रारम्भिक समीक्षा छ ।

कांग्रेस स्रोतकाअनुसार डा. महत अर्थमन्त्रीसमेत भइसकेको अवस्थामा प्रवक्ताको जिम्मेवारी फेर्न देउवामाथि उनकै समूहबाट पनि दबाब छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १३:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट