April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

सिंहदरबारको सोच ‘सबै दलितले खाइसक्यो’ : अध्यक्ष

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १३:४९
सिंहदरबारको सोच ‘सबै दलितले खाइसक्यो’ : अध्यक्ष
  • जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको आरोप
  • राज्यले दलित समुदायप्रति बेवास्ता गरिरहेको आरोप
  • जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको छ : दलित आयोग

काठमाडौँ।।  

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको आरोप लगाएका छन्। भक्तपुरको घ्याम्पे डाँडामा बुधबार सुरु ‘राष्ट्रिय दलित आयोगको रणनीतिक योजना (२०८०-८१-२०८४-८५) को मस्यौदा छलफल कार्यक्रम’लाई सम्बोधन गर्दै आयोगका अध्यक्ष विश्वकर्माले राज्यले दलित समुदायप्रति बेवास्ता गरिरहेको आरोप लगाएका हुन्।

‘एउटा तप्का जातपात प्रथा जोगाउन चाहन्छ, त्यसको नेतृत्व सिंहदरबारले गरिरहेको छ’, उनले भने, ‘सिंहदरबार दलित शब्द भनेपछि सुन्नै चाहँदैन, त्यहाँका मानिस दलित लेख्नपर्‍यो भने हात कपाउँछन्, लेख्नै चाहँदैनन्।’ राज्यले सरकारी दस्तावेजहरूबाट क्रमशः दलित शब्द हटाउँदै लगेको उनको दाबी छ। पहिले दलितका लागि छुट्याइने छात्रवृत्ति अहिले विपन्नको नाममा मात्र दिने गरेको अध्यक्ष विश्वकर्माले बताए। यसले गर्दा छात्रवृत्तिको सुविधाबाट दलित समुदायका बालबालिका वञ्चित हुन थालेको उनको भनाइ छ।

पछिल्लो समय सिंहदरबारको सोच ‘सबै दलितले खाइसक्यो’ भन्ने रहेको उनको आरोप छ। राज्यले पर्याप्त स्रोत-साधन दिए मात्र दलित आयोगले आफ्नो काम गर्नसक्ने उल्लेख गर्दै उनले यसमा पनि बेवास्ता गरिएको गुनासो गरे। ‘पाँच जना कर्मचारी नियुक्ति गर्देर चुपो लागेर बस्छ राज्य’, उनले भने, ‘आयोगमा सचिव पद खाली भएको ३ महिना भइसक्यो, अहिलेसम्म सरकारले पठाएको छैन, अरू पद पनि खाली नै छन्।’ बुधबार र बिहीबार २ दिन चल्ने कार्यक्रमले दलित आयोगको आगामी ५ वर्षसम्मको व्यवस्थित योजना निर्माण गर्ने अध्यक्ष विश्वकर्माले जानकारी दिए। कार्यक्रममा दलित क्षेत्रका विज्ञ, दलित अधिकारकर्मी, दलित समुदायका अधिवक्ता, बुद्धिजीवी, पत्रकार सहभागी छन्।

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १३:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।